English

दश लाख वृक्षारोपण तथा संरक्षण अभियान पाटनमा



पाटन सङ्ग्रहालय विकास समितिको आयोजना, लुम्बिनी विश्व शान्ति मञ्चको सहकार्य, ग्रिन भ्याली ग्रिन नेपालको सहयोग तथा प्रभु बैङ्कको प्रायोजनमा हिजो शुक्रबार दश लाख वृक्षारोपण तथा संरक्षण अभियान अन्तर्गत भण्डारखाल पुरातत्त्व बगैँचा पाटन विश्व सम्पदा क्षेत्रमा आज बृक्षारोपण कार्य सम्पन्न भएको छ।

कार्यक्रम को अध्यक्षता पाटन सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सुरेश मान लाखे ले गरेका थिए भने समिति का पूर्व सदस्य तथा रोटरी इन्टरनेसनल ३२९२ का पूर्व गभर्नर दिलेन्द्र राज श्रेष्ठ को‌ प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमले दश लाख वृक्षारोपण तथा संरक्षण अभियान बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा उनले गत हप्ता बंगलादेश मा पनि वृक्षारोपण कार्यक्रम मा संलग्न भई यस अभियानले हरित अभियानमा अब अन्य देशका युवाहरू पनि जोडिने कुराको जानकारी दिए।

कार्यक्रम मा ग्रिन भ्याली ग्रिन नेपाल का अभियन्ता भुवन श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष नारायण आवाले, लायन्स क्लब अफ घासी नेपालका अध्यक्ष अरूणा श्रेष्ठ, प्रभु बैङ्क पाटनका शाखा प्रबन्धक डिना चित्रकार, नेपाल प्रहरीका अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो। लुम्बिनी विश्व शान्ति मञ्चकी महिला संयोजक प्रविना रावलले अतिथिहरूलाई खाँदा लगाई स्वागत गरेकी थिइन् ।

कार्यक्रम लाई सफल बनाउन पाटन सङ्ग्रहालय विकास समितिका सदस्य रोहित रञ्जितकार को‌ विशेष सहयोग रहेको थियो। उक्त कार्यक्रमका सञ्चालक तथा लुम्बिनी विश्व शान्ति मञ्च का महासचिव धिरेन्द्र पन्तले मञ्चले दसैँ लगतै युरोपियन मुलुक टर्की र डिसेम्बर मा अर्को‌ युरोपियन मुलुक जर्मनी मा नेपालको सात वटै प्रदेश झल्किने कलाकृतिहरूको प्रस्तुतिको साथै नेपाली हस्तकला प्रदर्शनी र नेपाली उत्पादन लाई टर्की तथा जर्मनी मा निर्यात गर्ने‌ उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी गराए।

मञ्चका अध्यक्ष बासु गौतमले आउने बुधवार २१ सेप्टेम्बर मा विश्व शान्ति दिवसको उपलक्ष्यमा नेपाली सेना युद्ध कवच गण सितापाईला मा फलफूल को वृक्षारोपण कार्यक्रम रहेको जानकारी गराए । दश लाख बृक्षारोपण तथा संरक्षण अभियान को मिडिया पार्टनर राईज मिडिया नेटवर्क रहेको छ।

यो पनि
बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’
बृक्षारोपण महाअभियान नेपालगंजमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested