English

बृक्षारोपण महाअभियान नेपालगंजमा



‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’ अन्तरगत आज बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नं २० को आर्दश माध्यमिक विद्यालयमा पाँच सय सगुनको बृक्ष रोपिएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चको दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियानमा आदर्श माध्यमिक विद्यालय,रोटरी क्लब अफ बुटवल साउथ, ग्रिन हयाण्डस नेपाल, ग्रिन भ्याली ग्रिन नेपाल, क्लिन नेपालगंज ग्रिन नेपालगंज, नेपाली सेना बज्रदल गण राझा नेपालगंज, लगायतका संस्थाहरूको सहयोग रहेको थियो । बाँके र बर्दिया जिल्लाका विभिन्न बैंक तथा बित्तीय संस्था,ब्यवसायी,समाजसेवी, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बाँके जिल्लाका बृक्षारोपण अभियन्ता हेमन्त काफ्ले, क्लिन नेपालगंज ग्रिन नेपालगंजका संयोजक डा. बिनोद कर्णको विशेष योगदान रहेको थियो ।

आजको बृक्षारोपण कार्यक्रमलाई लक्ष्मी बैंक, लक्ष्मी केयर्स,सिद्दार्थ बैंक र मुक्तिनाथ विकास बैंकको सहयोग रहेको थियो ।

लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष वासु गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, विशिष्ट अतिथि नेपालगंज उपमहानगरपालिका का उपमेयर कमरूद्विन राइ, नेपाली सेना बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेल लगायत थुप्रै अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मंचका महासचिब धिरेन्द्र पन्तले गरेका थिए ।

मञ्चका अध्यक्ष गौतमका अनुसार गत जुन ०५ (जेठ २२) विश्व वातावरण दिवस यतामात्र मञ्चको तत्वावधान र नेपाली सेनाको सहकार्यमा काठमाडौंको चन्द्रागिरी, काभ्रेपलाञ्चोकको पनौती, रुपन्देहीको बुटवल र तिलोत्तमा, काठमाडौंको गोकर्णेश्वर र सिन्धुलीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष गौतमका अनुसार बृक्षारोपण गरिएका स्थानहरुमा स्थानिय रोटरी क्लब, लायन्स क्लब, जेसिज, आमा समुह, स्थानीय क्लब, मन्दिर व्यवस्थापन समिति, टोल समिती, बिभिन्न सामाजिक संघ–संस्थाहरुले संरक्षणको जिम्मा लिएका छन् । १० लाख बृक्षारोपण तथा संरक्षण महाअभियानमा नेपाली सेनाको पनि ठूलो भुमिका रहेको र अब साउन २१ गते शनिवार हिरोशिमा दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा हिरोशिमा नगरको अधिकारिक बृक्ष कपुर र भैरहवामा हिरोशिमा सिटीको अधिकारिक फुल कनेर (ओलियन्डर) को १०८ बिरुवा लगाउने कार्यक्रम रहेको मञ्चका अध्यक्ष गौतमले जानकारी दिए ।

मंचका महासचिब पन्तका अनुसार लुम्बिनी मंचकै तत्वाधानमा स्थानीय तह, बैंक तथा वित्तीय संस्था र विमा कम्पनीहरूसंग हातेमालो गरी बित्तिय साक्षरता तथा हरित अर्थतन्त्रका बिषयमा प्रशिक्षण गोष्ठी संचालनको पनि योजना रहेको र भदौ पहिलो साता लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिनेछ ।

दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियानमा राइज मिडिया नेटवर्क मिडिया पार्टनर रहेको छ ।

यो पनि
बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’
पनौतीमा वृक्षारोपण




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested