English

लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा



बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ ।

फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन् ।

फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।

‘यदी आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैंयाँ नोक्सान हुन्छ । यस्तो अवस्थामा आमिरले आफैं नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन् । यो निर्णयले निर्माताहरुले कम घाटा व्यहोर्नुपर्नेछ’, फिल्म निकट स्रोतले भनेको छ ।

आमिरले फिल्म फ्लप हुने जिम्मेवारी आफैंले लिएका छन् । उनले फ्लपको दोष अरु कसैलाई नजाओस् भन्ने चाहेका छन् । ‘फिल्मका लागि उनले चार वर्ष समय दिए, तर उनले एक पैसा पनि कमाएनन् । फिल्मका लागि उनको पारिश्रमिक सय करोडमाथि थियो । तर असफलताको जिम्मेवारी लिँदै उनले सबै नोक्सानको आफैं भरपाई गर्ने निर्णय लिएका छन्’, स्रोतले भनेको छ ।

रक्षाबन्धनमा रिलिज फिल्ममा आमिरका अलावा करीना कपूर, मोना सिंह र साउथ अभिनेता नागार्जुनको पनि अभिनय थियो । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो ।

यो पनि…
लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested