English

अभिनेत्रीका कारण सर्‍यो ‘जी ले जरा’



अभिनेत्री प्रियंका चोपडा, कटरिना कैफ र आलिया भट्टको अभिनय रहने फिल्म ‘जी ले जरा’ का कारण उनीहरूका फ्यान निकै उत्साहित थिए । यो फिल्मको छायांकन कहिले सुरु होला भन्ने चासो सर्वत्र थियो ।

तर, पछिल्लो विकसित घटनाक्रम हेर्दा यो फिल्म तत्कालका लागि धेरै पछाडि सरेको छ । फिल्मका तिनै अभिनेत्रीका कारण फिल्मको काम हालका लागि स्थगित गरिएको छ ।

‘वर्तमान समयमा आलिया र कटरिनाको निजी जीवनका कारण फिल्मको काम रोकिएको छ । आलिया अहिले पहिलो सन्तानको तयारीमा छिन् । त्यसकारण उनलाई यात्राको कथा समेटिएको यो फिल्ममा तत्काल अभिनय गराउन सम्भव छैन । प्रियंकाको छोरी पनि ६ महिनाकी मात्र भएकी छन् । उनी छोरीसँग अहिले खुशीका साथ बिताइरहेकी छन् । उनलाई पनि बोलाउन सम्भव छैन ।’ फिल्म निकट स्रोतले भनेको छ ।

कटरिनाको कुरा गर्दा अभिनेता विक्की कौशलसँग विवाह गरेपछि उनी चर्चामा छिन् । केही समयअघि मात्र उनलाई एक क्लिनिकबाट बाहिर निस्कँदै गरेको अवस्थामा पापराजीले भेटेका थिए । उनी पनि गर्भवती भएको हुनसक्ने अनुमान गरिएको छ । कटरिनाले सलमान खानसँगको फिल्म ‘टाइगर ३’ को काम सकिसकेकी छन् । उनी चाँडै ‘फोन भूत’को प्रमोसनमा व्यस्त हुँदैछिन् ।

फरहान अख्तरले निर्देशन गर्ने ‘जी ले जरा’लाई प्रतिक्षित फिल्म मानिएको छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested