English

टेलिफिल्ममा असफल यी सात अभिनेत्री



भारतीय टेलिभिजनमा यस्ता केही कलाकार छन्, जो बलिउडमा पाइला चालेर आफूलाई स्थापित गराए । जसमा मृणाल ठाकुर, यामी गौतम र शाहरुख खानजस्ता कलाकार छन् ।

बलिउडमै यस्तै केही अभिनेत्री छन्, जो आफूलाई टेलिभिजनको पर्दामा स्थापित गराउने प्रयास गरे । तर उनीहरूको त्यो प्रयास पूर्ण रूपमा असफल भयो । उनीहरूले दर्शकलाई हिट फिल्म दिए पनि हिट टेलिफिल्म दिन सकेनन् । अर्थात् टेलिफिल्मको मामिलामा उनीहरू फ्लप साबित भए । यो सूचीमा श्रीदेवीदेखि करिश्मा कपूरसम्म छन् ।

भाग्यश्री

‘मैने प्यार किया’बाट रातारात सुपरस्टार बनेकी अभिनेत्री भाग्यश्रीले सिरियल ‘लौट आओ तृषा’मा अभिनय गरेकी थिइन् । तर उनको यो सिरियल पूर्ण रूपमा फ्लप साबित भयो ।

करिश्मा कपूर

अभिनेत्री करिश्मा कपूरले पनि टेलिफिल्ममा अभिनय गरिसकेकी छन् । उनी ‘करिश्माः द मिरेकल्स अफ डेस्टिनी’मा देखिएकी थिइन् । तर उनको टेलिभिजन डेब्यू पूर्ण रूपमा निराशाजनक रह्यो ।

रवीना टण्डन

रवीनाले पनि टेलिभिजनमा स्थापित हुने चाहना राखेकी थिइन् । उनले सिरियल ‘साहब, बीवी और गुलाम’ मा अभिनय गरेकी थिइन् । तर दर्शकले सिरियललाई स्वीकार गर्न सकेनन् ।

श्रीदेवी

बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीको अवस्था उस्तै थियो । टेलिभिजनमा आफ्नो सुन्दरता र अभिनयको जादू देखाउने सोचले पाइला चाले पनि त्यसमा उनी असफल साबित भइन् । उनले ‘मालिनी अय्यर’मा अभिनय गरेकी थिइन् ।

सोनाली बेन्द्रे

‘हम साथ साथ है’ जस्ता हिट फिल्मको हिस्सा रहेकी सोनाली एकता कपूरको शो ‘अजीब दास्ता हे ये’मा देखिएकी थिइन् । तर दर्शकले शोलाई मन पराएनन् । जसकारण एकताले यो शोलाई पाँच महिनाभित्रै बन्द गरिन् ।

अमृता राव

बलिउड अभिनेत्री अमृता रावले सिरियल ‘मेरी आवाज हि पहचान है’बाट टेलिभिजनमा पाइला राखेकी थिइन् । सन् २०१६ मा सुरु भएको यो शो चार महिनामै बन्द भएको थियो ।

पुनम ढिल्लो

बलिउडका कैयौं सुपरहिट फिल्मको हिस्सा रहिसकेकी पुनम ढिल्लोले टेलिभिजन सिरियल ‘एक नई पहिचान’बाट पाइला चालेकी थिइन् । तर उनको अवस्था पनि उस्तै रह्यो । सिरियलले दर्शकलाई खासै प्रभाव पारेन ।

यो पनि…
बलिउडमा बजार खोज्दै नेपाली चलचित्र
२० वर्षमै आमा बनेकी मनीषा कोइराला !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested