English

८४.६६ खर्ब रेमिट्यान्स भित्रदा १० हजार ९३२ जनाले गुमाए ज्यान



बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् ।

वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०६५–६६ देखि २०७८–७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमीमा पुगेका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो ।

वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् ।

गत आर्थिक वर्ष २०७८–७९ मा सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वोर्डले जनाएको छ । गत वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

वोर्डको अनुसार आर्थिक वर्ष २०६५–६६ मा २ लाख १९ हजार ९६५, २०६६–६७ मा २ लाख ९४ हजार ९४, २०६७–६८ मा ३ लाख ५४ हजार ७१६, २०६८–६९ मा ३ लाख ८४ हजार ६६५, २०६९–७० मा ४ लाख ५० हजार ८८९ र २०७०–७१ मा ५ लाख २७ हजार ८१९ जना वैदैशिक रोजगारीमा गएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७१–७२ मा ४ लाख ९९ हजार १०२, २०७२–७३ मा ४ लाख ३ हजार १७४, २०७३–७४ मा ३ लाख ८३ हजार ४९३, २०७४–७५ मा ३ लाख ५४ हजार ८२, २०७५–७६ मा २ लाख ३६ हजार २०८, २०७६–७७ मा १ लाख ९० हजार ४५३ र २०७७–७८ मा ७२ हजार ८१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

८४.६६ खर्ब रेमिट्यान्स भित्रियो

बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८–७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार आर्थिक वर्ष २०६५–६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६–६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७–६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८–६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९–७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०–७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१–७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२–७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३–७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५–७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६–७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७–७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

करिव ११ हजारले गुमाए ज्यान

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको उतै मृत्यु भएको छ ।

सबैभन्दा बढी नेपाली कामदारको विदेशी भूमीमा मृत्यु गत आर्थिक वर्ष २०७८–७९ भएको थियो । सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५–६६ मा ७८, २०६६–६७ मा ४२१, २०६७–६८ मा ५६४, २०६८–६९ मा ६४७, २०६९–७० मा ७७२, २०७०–७१ मा ८७७, २०७१–७२ मा १ हजार ६, २०७२–७३ मा ८२६, २०७३–७४ मा ७५८, २०७४–७५ मा ८२६, २०७५–७६ मा ७६३, २०७६–७७ मा ६७२ र २०७७–७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ ।

वोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनाहरुमा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।

यो पनि…
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको आग्रह
वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested