English

घरमा यसरी राख्नुहोस् शिवको मूर्ति



साउन महिना सुरु भएको छ । मान्यता अनुसार यो महिना भगवान शिवको प्रिय महिना हो । हिन्दु धर्मका अनुसार भगवान शिवलाई सबै देवताहरूमा सर्वोच्च स्थान दिइएको छ। त्यसैले उनलाई देवाधिदेव महादेव पनि भनिन्छ। वास्तु शास्त्र अनुसार घरमा भगवान शिवको मूर्ति वा तस्विर राख्नु धेरै शुभ मानिन्छ। तर मूर्ति स्थापनाका लागि केही मान्यता तोकिएको छ ।

दिशा सुनिश्चित गर्नुहोस्

मान्यता अनुसार भगवान् शिव कैलाश पर्वतको उत्तर–पूर्व दिशामा बास गर्छन्। त्यसैले यदि तपाईं घरमा भगवान् शिवको मूर्ति स्थापना गर्न चाहनुहुन्छ भने उत्तर दिशामा स्थापना गर्नुहोस्। वास्तु शास्त्रका अनुसार घरमा क्रोधित मुद्रामा भएको शिवको मूर्ति राख्न नबिर्सनुहोस्, यस्तो चित्र विनाशको प्रतीक हो।

शिव परिवार फोटो

घरमा शिव परिवारको तस्बिर राख्नु पनि धेरै शुभ मानिन्छ। जसले गर्दा घरमा कलह हुँदैन भन्ने विश्वास गरिन्छ। यो तस्विरले तपाईंको घरमा सकारात्मक प्रभाव पार्छ।

सबैले देख्ने ठाउँमा राख्नुहोस्

वास्तु शास्त्र अनुसार भगवान् शिवको मूर्ति वा तस्विरलाई सबैले देख्न सक्ने ठाउँमा राख्नु पर्छ। यस्तो ठाउँमा तस्विर राख्नु निकै शुभ मानिन्छ ।

सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ

जहाँ तपाईंले शिवको मूर्ति स्थापना गर्नुभएको छ, त्यो ठाउँ सधैँ सफा राख्नुपर्छ। यदि तस्विरको नजिक फोहोर छ भने तपाईँको घरमा वास्तु दोष बढ्न सक्छ र घरमा धनको कमी पनि हुन सक्छ भन्ने मान्यता छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested