English

बन्ने भयो चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’



तीन वर्ष अघि प्रशारण आएको नेपाली चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो ।

सामाजिक, पारिवारिक र प्रेमकथामा आधारित रहेको यो चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन् । उनले यो चलचित्र यसअघि प्रसारण भएको प्रसादको विशुद्ध सिक्वेल भएको बताए ।

‘यो फिल्म प्रसादको कथा जहाँबाट सकियो त्यहीँबाट सुरु हुन्छ,’ उनले भने, ‘यसपटक जातीय विभेद र छुवाछुतको कथावस्तुमात्र नभएर प्रसादका मूख्य पात्र बाबुराम र नारायणीको जीवनमा आउने सामाजिक र पारिवारिक द्वन्द्वलाई चलचित्रमा चित्रण गर्नेछौं ।’

चलचित्रमा बाबुरामको भूमिकामा अभिनेता विपिन कार्की र नारायणीको नम्रता श्रेष्ठ छन् । प्रसाद २ मा निश्चल बस्नेत भने छैनन् । उनको स्थानमा अर्पण थापा भित्रिएका छन् । सुशिल पौडेलको कथा रहेको चलचित्रलाई सुवास थापा र केशव पाण्डेले निर्माण गरेका हुन् । चलचित्रको छायाँकन छिट्टै सुरु गर्ने निर्माता टीमले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested