English

सरकारसँग खर्च गर्ने सामर्थ्य नै भएन

आर्थिक वर्षको अन्त्यमा पनि पूँजीगत खर्च ४० प्रतिशतमात्रै


चालु आर्थिक वर्ष सकिन अब आधा महिना बाँकी छ । सरकारले चालु आवमा तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन ।

सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार मध्यसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका अनुसार कूल एक खर्ब ५१ अर्ब नौ करोड चार लाख रुपैयाँमात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो ।

सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ । कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म ११ खर्ब नौ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबर खर्च भएको छ । यो कूल विनियोजनको ६७.९४ प्रतिशत हो ।

सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ । १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख रुपैयाँ बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म आठ खर्ब ६६ अर्ब ९० करोड ६० लाख रुपैयाँ अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ कूल एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म ९१ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ । सरकारले नियमित रुपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ । सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमा नै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ । यो त भयो खर्चको कुरा ।

अब सरकारको आम्दानी पनि हेरौँ । कार्यालयका अनुसार असार १५ सम्म कूल नौ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८२.२ प्रतिशत हो । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य चालु आवका लागि राखेको थियो ।

त्यसमा कर राजस्वतर्फ आठ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८४.१९ प्रतिशत हो । चालु आवका कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ लक्ष्य राखेको थियो । यस्तै, अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ अर्थात् २३.१७ प्रतिशत प्राप्त गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेका थिए । कूल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब ९ करोड रुपैयाँ अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड रुपैयाँ अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो ।

कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक खर्ब ३५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ ।

यो पनि…
बजेटमा प्रतिबद्धता धेरै कार्यान्वयनमा शंका
बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,