English

वि विल राइजको बेलायत संयोजकमा मानप्रसाद र प्रमुख सल्लाहकारमा खुशीमान गुरुङ नियुक्त



सामाजिक क्षेत्रमा सक्रिय संस्था वि विल राइज फाउण्डेसन (हामी उठ्ने छौं)को बेलायत संयोजकमा मानप्रसाद गुरुङ र प्रमुख सल्लाहकारमा मेजर खुशीमान गुरुङ (एमभिओ) लाई नियुक्त गरिएको छ ।

मेजर खुशीमान गुरुङ
मानप्रसाद गुरुङ

बेलायतमा रहेर पनि विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेकाले उनीहरुलाई संस्थाले आधिकारिक जिम्मेवारी दिएको फाउण्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले बताए । ‘उहाँहरु लामोसमयदेखि फाउण्डेसनमा आवद्ध हुनुहुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘उहाँहरुले सामाजिक क्षेत्रमा देखाउनु भएको उदारतालाई मूल्यांकन गरेर नै संस्थाले जिम्मेवारी दिएको हो ।’

मानप्रसाद पोखरेली मञ्च युकेका पूर्व अध्यक्ष र खुशीमान नेपाली भिलेज युकेका अध्यक्ष हुन् । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बेलायतमा मञ्च र फाउण्डेसनको सक्रियतामा ‘हाइक फर नेपाल इन युके’ हुँदै आएको छ ।

२०७२ को महा–भूकम्पपछि स्थापित फाउन्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सिन्धुपाल्चोकको कर्थलीमा भूकम्पले ध्वस्त पारेका घर र विद्यालयको पुनर्निर्माण गर्दै सामाजिक कार्यको प्रारम्भ गरेको यो संस्थाले पर्यटन प्रवद्र्धनका निम्ति देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ । देशव्यापी ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज, हङकङ र बेलायतमा हुने ‘हाइक फर नेपाल’ लगायतका कार्यक्रम समेत फाउन्डेसनकै सक्रियतामा हुँदै आएको छ ।

याे पनि :
वि विल राइज फाउन्डेसनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested