English

यसरी गर्नुहोस् घरमै मेनिकेयर, पेडिकेयर



सुनिता सिटौला ।

सामान्यतया मानिसहरुले बढी मात्रामा अनुहारको सुन्दरतामा मात्र ध्यान दिन्छन् । तर, सौन्दर्यको दृष्टिले हेर्ने हो भने अन्य अंगहरु पनि उतिकै महत्वपूर्ण छन्, जसमा हात खुट्टा पनि पर्छन् ।
घरमै हातखुट्टाको हेरचाह गर्न सर्वप्रथम त हात खुट्टालाई धेरै चिसोबाट बचाउनु पर्छ । धेरै चिसो हुँदा हात खुट्टा फुट्ने गर्छ । हातमा पन्जा र खुट्टामा मोजा लगाउनु पर्छ । हात खुट्टामा दिनहुँ मोस्चराईजरको प्रयोग गर्नुपर्छ ।

हात खुट्टालाई नरम बनाउन बजारमा विभिन्न क्रिम पाइन्छ । पार्लरमा गएर पनि हामी मेनिकेयर पेडिकेयर गर्न सक्छौँ तर त्यो महँगो पर्न जान्छ त्यसैले आज हामी घरमै मेनिकेयर पेडिकेयर कसरी गर्न सकिन्छ भनेर सिक्छौँ ।

१. सबैभन्दा पहिले हात खुट्टामा लगाएको नेल पालिशलाई रिमुर्भरले सफा गर्नुपर्छ ।
२. एउटा ठूलो भाँडोमा हात खुट्टा डुबाउन मिल्ने गरी मनतातो पानी लिनुहोस् ।
३. त्यो मनतातो पानीमा एक ठूलो चम्चा नुन र स्याम्पु मिक्स् गर्नुहोस् ।
४. मिक्स् गरिएको पानीमा १५ मिनेट हात खुट्टा डुबाउनु होस् ।
५. नङमा अड्किएको फोहोरलाई सफा गर्नुहोस् र स्क्रबरले हात खुट्टाको मृत छालाहरुलाई हटाउनुहोस् ।
६. पानीबाट हात खुट्टा निकालेर सुख्खा हुने गरी राम्ररी पुछ्नुहोस् ।
७. सुख्खा हुने गरी पुछिसकेपछि नङलाई मिलाएर काट्नु पर्छ ।
८. हात खुट्टामा मोस्चराइजर लगाउनुहोस् । घरमा मोस्चराईजर छैन भने नरिवलको तेल लगाउँदा पनि हुन्छ ।
९. हात खुट्टामा मोस्चराईजर लगाएर १० मिनेट जति मसाज गर्नुहोस् ।
१०. यति गरिसकेपछि हात खुट्टा सफा हुन्छ, अब आफूलाई मन पर्ने नेल पालिश लगाउनुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested