English

सम्राट पृथ्वीराज : रिलिजको पहिलो दिनदेखि नै दर्शक निराश



अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको छ । यो वर्ष खेलाडी कुमार अक्षयका लागि खासै उल्लेख्य रहेन । यसअघि उनको फिल्म ‘बच्चन पाण्डे’ले बक्सअफिसमा पानीसमेत माग्न पाएन ।

फिल्मले बक्सअफिसमा उल्लेख्य कमाई गर्न सकेको छैन । जसका कारण हलवालाले धमाधम फिल्मको शो रद्द गरिरहेका छन् । जिरो अक्युपेन्सीका कारण फिल्मको कैयौं शो रद्द गर्नुपरेको हो । फिल्मको बिहानीको शोको टिकट बिक्री शून्यमा झरेपछि फिल्मले व्यापार नगर्नेमा व्यापार विश्लेषकले अनुमान लगाइसकेका थिए ।

यो फिल्मका साथ कमल हासनको ‘विक्रम’ र अदिवी शेषको फिल्म ‘मेजर’ रिलिज भएको थियो । ‘मेजर’ले हालसम्म ५० करोडमाथिको कमाई गरिसकेको छ । उता कमलको फिल्मले बक्सअफिसमा नयाँ रेकर्ड बनाइरहेको छ ।

अक्षयको फिल्मको प्रोडक्सन मूल्य २ सय करोड बताइएको छ । तर, टिकट बिक्रीको अनुपात हेर्दा यो फिल्म ‘बच्चन पाण्डे’पछि अक्षयको लगातार दोस्रो फ्लप फिल्म बनेको छ । चन्द्रप्रकाश द्विवेदीको यो फिल्ममा मानुषी छिल्लर, सोनू सूद र सञ्जय दत्तको पनि अभिनय छ ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मको रिलिज क्यालेन्डरमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य