English

सम्राट पृथ्वीराज : रिलिजको पहिलो दिनदेखि नै दर्शक निराश



अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको छ । यो वर्ष खेलाडी कुमार अक्षयका लागि खासै उल्लेख्य रहेन । यसअघि उनको फिल्म ‘बच्चन पाण्डे’ले बक्सअफिसमा पानीसमेत माग्न पाएन ।

फिल्मले बक्सअफिसमा उल्लेख्य कमाई गर्न सकेको छैन । जसका कारण हलवालाले धमाधम फिल्मको शो रद्द गरिरहेका छन् । जिरो अक्युपेन्सीका कारण फिल्मको कैयौं शो रद्द गर्नुपरेको हो । फिल्मको बिहानीको शोको टिकट बिक्री शून्यमा झरेपछि फिल्मले व्यापार नगर्नेमा व्यापार विश्लेषकले अनुमान लगाइसकेका थिए ।

यो फिल्मका साथ कमल हासनको ‘विक्रम’ र अदिवी शेषको फिल्म ‘मेजर’ रिलिज भएको थियो । ‘मेजर’ले हालसम्म ५० करोडमाथिको कमाई गरिसकेको छ । उता कमलको फिल्मले बक्सअफिसमा नयाँ रेकर्ड बनाइरहेको छ ।

अक्षयको फिल्मको प्रोडक्सन मूल्य २ सय करोड बताइएको छ । तर, टिकट बिक्रीको अनुपात हेर्दा यो फिल्म ‘बच्चन पाण्डे’पछि अक्षयको लगातार दोस्रो फ्लप फिल्म बनेको छ । चन्द्रप्रकाश द्विवेदीको यो फिल्ममा मानुषी छिल्लर, सोनू सूद र सञ्जय दत्तको पनि अभिनय छ ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मको रिलिज क्यालेन्डरमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested