English

सेयर बजारमा गिरावट



नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालो लागेको छ । नेप्सेमा बुधबार ७.१९ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अङ्कमा पुगेको छ ।

नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा २ सय २७ कम्पनी सेयर कारोबार हुँदा ११४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने ९७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १२ रुपैयाँले बढेर १३९ रुपैया र मैलुङखोला जलव्यिुत् कम्पनीको सेयर मूल्य ४८ रुपैयाले बढेर ५२८ रुपैया पुगेको छ ।

त्यस्तै नेप्सेमा शेखर इन्स्योरेन्स कम्पनीको सेयरमा १०२ रुपैयाले घटेर ९२४ रुपैया पुगेको छ । सेयर बजारमा डेभलमेण्ट बैंक सेक्टर, हाइड्रो पावर कम्पनी सेक्टर र फाइनान्स सेक्टरबाहेक अन्य सेक्टरमा ओरालो लागेको छ ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested