English

‘सत्यमोहन’ लाई उत्तम शान्ति पुरस्कार (फोटो फिचर)



उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७८को उत्तमशान्ति पुरस्कार एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहेको गिरिश गिरीद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिलाई प्रदान गरेको छ ।

वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको हो । गुठीले, उक्त पुस्तकको अन्तर्वस्तु शताब्दीपुरूष सत्यमोहन जोशीको एक शताब्दी लामो जीवनयात्रासँग सम्बद्ध रहेको र यसको सिर्जनात्मक पुनर्लेखन गिरीले गरेको हुनाले कृतिनायक शताब्दीपुरुष सत्यमोहन जोशी र कृतिकार गिरिश गिरीलाई २०७८ सालको ‘उत्तम शान्ति पुरस्कार’ संयुक्तरूपमा समर्पण गरिएको छ ।

२६ वर्षको उमेरमै ‘श्रष्टा र साहित्य’ नामक पुस्तकका लागि मदन पुरस्कार प्राप्त गरेका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ मा निधन भएको थियो । तिनै प्रख्यात साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व. शान्ति कुँवरद्वारा २०४४ मा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ ।

पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

ललितपुरमा बिहिबार एक समारोहमा जोशी र गिरीलाई यस बर्षको उत्तम शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

यो पनि…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा (फोटो फिचर)
शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार हुँदै , भएको के हो ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested