English

‘सत्यमोहन’ लाई उत्तम शान्ति पुरस्कार (फोटो फिचर)



उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७८को उत्तमशान्ति पुरस्कार एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहेको गिरिश गिरीद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिलाई प्रदान गरेको छ ।

वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको हो । गुठीले, उक्त पुस्तकको अन्तर्वस्तु शताब्दीपुरूष सत्यमोहन जोशीको एक शताब्दी लामो जीवनयात्रासँग सम्बद्ध रहेको र यसको सिर्जनात्मक पुनर्लेखन गिरीले गरेको हुनाले कृतिनायक शताब्दीपुरुष सत्यमोहन जोशी र कृतिकार गिरिश गिरीलाई २०७८ सालको ‘उत्तम शान्ति पुरस्कार’ संयुक्तरूपमा समर्पण गरिएको छ ।

२६ वर्षको उमेरमै ‘श्रष्टा र साहित्य’ नामक पुस्तकका लागि मदन पुरस्कार प्राप्त गरेका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ मा निधन भएको थियो । तिनै प्रख्यात साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व. शान्ति कुँवरद्वारा २०४४ मा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ ।

पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

ललितपुरमा बिहिबार एक समारोहमा जोशी र गिरीलाई यस बर्षको उत्तम शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

यो पनि…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा (फोटो फिचर)
शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार हुँदै , भएको के हो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested