English

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार हुँदै , भएको के हो ?



वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि जेठ २६ गते ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएकोउनकी छोरी देवकी श्रेष्ठले बताइन् ।

‘केही समयअघि दायाँ फोक्सोमा पानी भरिएको थियो, त्यो बेला उपचारका लागि महिनादिनसम्म अस्पताल बस्नुभयो’, उनले भनिन्, ‘अस्ति राती श्वासप्रश्वासमा समस्या आयो भन्नुभयो, अस्पतालमा फोन गर्छु भन्दा पर्दैन भन्नुभएको थियो, उहाँ फोक्सोकै समस्या फेरि आएको हो कि भनेर डराउनु भएको छ ।’

May be an image of 1 person, standing and indoor

१०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्रा.डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले जनाएको छ ।

May be an image of one or more people

उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकाल्दै जानकारी दिएको छ । अहिले उनको श्वासप्रश्वासको स्थिती र मुटुको चाल स्थिर रहेको अस्पतालले जनाएको छ । जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।



सम्बन्धित खबरहरु

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested