English

सेयर बजारमा वृद्धि



सेयर बजार निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।

नेप्से सामान्य अंक बढेपनि आज कारोबार रकम भने न्यून रहेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२२ स्टकको १८ हजार ८०८ पटकको कारोबारमा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज मेगा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै अरुण काबेली पावरको ४ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक ओरालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक उकालो लागेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र