English

दश महिनामा एक खर्बभन्दा बढीको तेल नेपाल भित्रियो



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा उक्त मूल्यमा ६५ करोड ९० लाख ९१ हजार ७० लीटर कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

पछिल्लो दश महिनामा ४९ अर्ब ४१ करोड २ लाख ३५ हजार रुपैयाँको कच्चा भटमास तेल, ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ३८ करोड ३४ लाख ४३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आउने गरेको छ ।

बितेका दश महिनामा अर्जेन्टिनाबाट मात्र ३२ अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपैयाँको कच्चा भटमास तेल र ४६ करोड ३९ लाख ९९ हजार रुपैयाँको कच्चा सनफ्लवार तेल नेपाल आएको छ ।

सोही अवधिमा इन्डोनेसियाबाट २८ अर्ब २९ करोड ८९ लाख ७५ हजार रुपैयाँको कच्चा पाम तेल, युक्रेनबाट १५ अर्ब २१ करोड ६३ लाख ८५ हजार रुपैयाँका कच्चा भटमास र सनफ्लवार तेल, ब्राजिलबाट १० अर्ब ९ करोड ८५ लाख ३० हजार रुपैयाँको कच्चा भटमास तेल र मलेसियाबाट ६ अर्ब ३३ करोड १२ लाख ८१ हजार रुपैयाँको कच्चा पाम तेल नेपालले आयात गरेको छ ।

नेपालले विभिन्न देशबाट कच्चा तेल ल्याई त्यसलाई प्रशोधन गरी भारतमा पठाउने गरेको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले ८७ अर्ब ५९ करोड ८४ लाख १ हजार रुपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो

https://youtu.be/QjrxrnQmWTk



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,