English

भारतीय कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान



स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता वाचन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

नेपालका वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराई कार्यक्रमका प्रमुख आतिथि थिए । कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार , त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतको उपस्थिति थियो । सो कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गरेको थियो । प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

प्रतिष्ठानका महासचिव मधु पाठकले उक्त सम्मान पत्र वाचन गर्नुभएको थियो । सोही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले पनि कवि शांण्डिल्यलाई सम्मान गरेको थियो । प्रमुख अतिथि भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताएका थिए । नेपाल–भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु , अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे ।

राजेन्द्र शलभ, स्नेह सायमी , उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोद कुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कार्यक्रममा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बोल्दै दोहा तथा गजल वाचन गर्नुभयो। सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरे । कवि एवम् राष्ट्रिय साहित्य प्रतिष्ठानका सचिव रञ्जना निरौला कार्यक्रम उद्घोषक हुनुहुन्थ्यो भने प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे कार्यक्रमको सभापति हुनुहुन्थ्यो ।

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested