English

छोरी अन्माएको घर जस्तो सन्नाटा हरेक शहरका घरहरु



‘गलियों की उदासी पूछती है घरका सन्नाटा कहता है
इस शहरका हर रहने वाला क्यूँ दुसरे शहर में रहता है !’

पाकिस्तानका शायर – गुलाम मोहम्मदको शायरीले मनमा चस्स छोयो । घरमा श्रीमती र आँखा र मन मस्तक तरुणीलाई । घरमा श्रीमान बाहिरी पुरुषलाई आँखा र मन । घरमा पाकेको रायोको साग आँखा र मन कन्टीनेन्टल रेष्टुरेण्टमा परिक्षा छ जीवनको लागि मोवाइलको फेसवुकमा आँखा घरको छत प्रतिक्षामा छ । टावरमा चञ्चल खुट्टाहरु । देश नेपाल, लगाव अमेरीका र यूरोपको । शहर काठमाडौ, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज, विराटनगर तर मन दगुरिरहन्छ वासिङ्गटन डिसी, क्यालीफोनिर्याया, न्यूयोर्क, लण्डन र पेरिस । गाउँ सुनसान छ, सन्नाटा छ, मस्त पाखुराहरु खाडीमा, कोरियामा, पढेलेखेका भनिएका यूवाहरु डि.भि. भर्न भिसा लिन, आयल्स, टोफेल गर्ने लामबद्ध । मनको चरी मन संगै वनको चरी वन संगै पनि भएन ।

मिसायल दागिएको शहर, वमवार्ड भै रहेको शहर, चिल्ला सडक, हरियाली वस्ती, आफ्नो सानो झूपडी, खाल्डा खुल्डी सडक, वेरोजगार शहर, राजनीति नै रोजगार भएको देश, बहुराष्ट्रिय निगमहरुलाई ईश्वर झै मान्ने हाम्रो मनोवृत्ति, खुइलिने खुइल्याउने मात्र पत्रकारिता, जिवनपरक सार्थक जीवनपयोगी समाचार पढ्न, हेर्न नपाइने देश । वासी अनुहारलाई सधै हेरिरहनु पर्ने इलेक्ट्रोनिक मिडियाको कमाल । विवाहमा श्लोक गाउने परम्परा तोड्दै साउण्ड सिष्टममा रक बज्ने सँस्कृतिको अनुयायी बन्दै गएका हामी ।

गल्लीहरुमा मान्छेहरु हिडिरहेका छन्, मौन छन्, सायद गल्लीको मृत्यू भैरहेको छ कि जस्तो भान हुन्छ । छोरी अन्माएको घर जस्तो सन्नाटा हरेक शहरका घरहरु । फेरी शहर भित्र पनि दुईवटा शहर हुनेखानेको शहर, खान नपाएकाहरुको शहर । ‘पण्डित मौलवी हिँजडा इनसे भक्ति नहोय, भक्ति करे कोइ सुरमा, जो शब्द विवेकी होय’ भन्ने वाक्यहरु उल्टो भएको छ । गैलिलियो र वाइवल – पृथ्वीले सूर्य घुमेको भन्ने गैलिलियो र सूर्यले पृथ्वीको परिक्रमा गरिरहेको कुराको समर्थन गरेको वाइवल सच्चाएको छैन । त्यहाँ या जुनसुकै उन्माद र कुरितीहरुको विच मान्छे रित्तो बनाइन्छ ।

मन विज्ञान तर आवरण परम्परा रहेको अवस्थामा जिवनले जिवनका आयामहरुले, जिवनको जिजिविशाहरु सन्नाटा हुन्छन् । वैचारिक उन्माद र धार्मिक उन्माद खतरा हुन्छ । गाँउ, शहर, देश रित्तो बनाउछ र अर्को शहरमा मन ले वाध्यतापूर्वक विचरण गर्छ । पैन इश्सलाम (सार्वभौमिक इस्लाम) का समर्थकहरुको र त्यस्तै पेन इसाई, पेन हिन्दुहरुको निष्ठा, शहर, गाउ र देश प्रति भन्दा देशलाई सून्य मानेर धार्मिक सार्वभौमिक तिर मन, तन, धनले राष्ट्रलाई वदनाम गराईरहेका हुन्छन् । त्यसैले होला पाकिस्तानका सायर गुलाम मोहम्मद कासिरको शायरी जिवन्त भएर महफिल जमाइरहेको हुन्छ ।

‘गलियो की उदासी पुछती है घरका सन्नाटा कहता है, इस शहरका हर रहने वाला क्यूँ दुसरे शहर में रहता है !’

शायरीले आजको यर्थाथ पकडेको छ । इन्द्रिय वोध बोलेको छ । जहाँ संवेदनाहरु लुप्त भए पछि नै आफ्नो भन्दा अर्को खोजिन्छ, उन्माद खोजिन्छ । परम्पराको रिडता भित्र जिवन जगत खोजीन्छ । घरकी मूर्गी दाल बराबरको हैसियतको आँखाबाट संसारलाई हेरेपछि तन यहाँ मन वाहाँको जिवनले जिवन नै सन्नाटा भएको आभाष हुन्छ त्यसलाई नै जिवन भनिरहेका छौ । मृत गाउँ र मृत शहरहरुको संख्या नबडाऊँ आफ्नै शहर र गाउँ परिवार आफ्नै सार्थक सृजनाबाट हराभरा गरौ भन्ने विचारहरु रछ्यानमा परेका छन् । यसो हेर्दा आजको परिवेशमा कहिँ कतै शायर गुलाम मोहम्मद सार्वभौम सत्य वन्ने त होइनन् ।

मन भित्र चोर मनले वास गरेमा गोरी मिठी चोरी, थुइक्क मेरो देश भन्ने गाली गलौज, र लक्ष्य प्राप्तीका लागि कपट खेल । दुर्योधनहरु र सकुनीको साँठगाँठ नै जिवनको मूल मन्त्र बनेको छ । अंग्रेजसंग लडेका भक्तिथापा भन्दा जेलेन्स्की हिरो लाग्छ । पृथ्वीनारायण भन्दा विस्मार्कको इतिहासमा गर्व गरिन्छ । पारिजात भन्दा अमृता प्रितमको प्रचार गरिन्छ । जुम्ली स्याउ व्यवस्थापन भन्दा चाइनिज स्याउ व्यवस्थापनमा मन रम्छ ।

प्रजातन्त्रका लागि लडेका टंकप्रसादहरु भन्दा मोदीको भाव भङ्गिमा प्रजातन्त्र खोजिन्छ । मदनको विचारको घरमा बसेर दलाल व्यापारी, वाकपटुताको नेतृत्व नै सर्वेसर्व हो भन्ने चिन्तन घरमा धमिरा लगाउदै गएको परिवेसले, अहंमता सम्मानताको भोक, बाँडफाँडको विकराल रुपबाट विचारको घरमा आगो लगाइन्छ । विश्वेश्वरको प्रजातन्त्रको लडाईलाई घोटी, स्वास्नी, आफन्त, छोराहरु, भतिजाहरुको खानेमेलो उनका स्वघोषित शिष्यहरुबाट नयाँ व्याख्या आइरहेको छ । तन समाजवादी मन पूँजीवादी, आवरण जनपक्षिय, भित्री आवरण परिवारमुखी, गरीब मुलुकको शोषण गर्दै राष्टवादको नयाँ विश्व अनुहारहरु वाइडेन, मोदी, पुटिन, सिजिङ पिङले डंका पिटेको समयमा हामी बबुराहरुले के गर्न सक्छौ र ।

जव मन मन रेगिस्तान हुन्छ, मनले अर्को हराभरा ठाउँ खोज्छ । कलम, सूर्य, रुख, मादल, हलो, हथौडाले जे चिन्ह बोकेपनि परिचय जे दिए पनि, जे वोलेपनि, अहंमता, परिवारवाद, झुण्डवादबाट ननिस्केसम्म विच्छुको डंक नै सम्झनु पर्याप्त हुन्छ । मनको वृत्तचित्र भित्र उनीहरुलाई राख्दा कता कता मन अमिलिएर आउँछ । यति हो कामना मनभरीको, अञ्जुलीभरीको, आँसुबाट घर यहाँ, गाउँ यहाँ, शहर यहाँ जिवनको भोगाई यहाँ, अर्को शहर गाउँ मन भित्र पालेर जिवन न खोजौं । यहि खोज्दा गाउँ शहर सन्नाटा हुने छैन । गल्लीहरु उदासी हुने छैनन् । विचार हामी आफै निर्माण गरौं । सापटी विचारले देश चल्दैन । सुध्रिने सुध्रिन्छन्, नसुध्रिए भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ । मैले शायरी पढ्दा मन विझे पनि शायरले त्यस्तै पिडा बोकेर शायरी शायद लेखे होलान् ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
समीक्षा : जिउने कला र आत्ममार्गका लागि
भष्मेश्वर घाट र चिताको आगोको साक्षि मलामी !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested