English

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित



लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीनजना स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित समारोहका बीच तीन स्रष्टालाई सम्मान गरिएको हो ।

साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन् ।

प्रा.डा. त्रिरत्न मानन्धर

समारोहमा प्रा.डा. उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

तेजेश्वर बाबु ग्वंग:

साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । हालसम्म साहित्यकला मन्दिरले करिब १० दर्जन स्रष्टाहरुलाई सम्मान गरिसकेको छ ।

न्हूछेबहादुर डंगोल
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरी

तस्विरहरु : बिकास रौनियार/मेरो लाइफस्टाइल

यो पनि…
कथा : सकुबस
नाल्दुम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested