English

मान्छेले बाँचेको आजको परिवेश



हामी गजबका प्राणी हौँ । भोक मेटाउन अन्नको खेतीपाती थाल्यौँ । कपडाका लागि कपासको धागोबाट कपडा बुन्यौ । रोगका निदानका लागि जडीबुटी खोजी गर्यौं । जिवन र जगतको भौतिक संसार चलाउन काविलाको नायक बनायौँ । त्यसपछि गणको नायक बनायौँ । गणको नायकहरूमध्ये कसैलाई राजा बनायौँ । राष्ट्रपति प्रणालीमा आयौँ । फेरि के–के आउँछ थाहा छैन । सिर्फ मान्छेका हितका लागि र शक्तिशाली हुँदै गयौँ । हामीमा क्रोध पलायो, ईर्ष्या पलायो, सधैँ नायक हुने जिजीविषा ले घर गर्यो हाम्रै चिन्तनबाट ।

विभिन्न कालखण्डमा कसैले वैराग्य जन्माए, कसैले धर्म भिरू जन्माए, कसैले चक्रवर्ती राजा जन्माए । यिनै परिवेशको द्वन्द्वात्मक संसारमा स्वार्थपरताको खेतीपाती गर्यौं । त्यो बेलादेखि आजसम्म र भोलि पनि मान्छेमा हरेक प्रकारका भावनाहरू रहे र रहनेछन् । प्रत्येक मान्छेको राय विचार, सुझाव अलग अलग छ । अनेकताको बीचमा एकता पनि खोज्दै गयौँ । संसारमा बाँचुञ्चेलसम्म यही संसारमा, यिनै परिवेशमा रहनुपर्छ । संसार राम्रो र नराम्रो दुवैको पूर्ण योग छ ।

मान्छेका जातिका लागि मान्छेले मान्छेविरूद्ध संघर्ष गर्यो । हामी वर्गमा बाँडियौँ । धनी र गरिब भयौँ पृथ्वीकै खजनाका कारणबाट जातिमा बाँडियौँ, धर्ममा बाँडियौँ, नश्लमा बाँडियाैँ । यो द्वन्द्वात्मक दुनियाँमा रूखो, भोल्टेयर, माक्र्स, गान्धी, माओ, लेनिन, जंगबहादुर, भिमसेन थापा, मानदेव, पृथ्वीनारायण, बिपी, पुष्पलाल, महेन्द्र आदि शंकराचार्य, बुद्ध, जिसस, मोहम्मद आफ्ना आफ्ना भूगोलमा जन्मे । मान्छेका लागि, जातिका लागि, वर्गसंघर्षका लागि, शान्तिका लागि, धर्मका लागि, राजनीतिका लागि, स्वतन्त्रताका लागि आ–आफ्ना विचार दिए ।

विचारहरूले झुण्ड तयार गर्यो, विचारहरू उम्लिन थाले, त्यसमा अनेक प्रकारका बुलबुले उठे । को सत्य, को असत्य छुट्याउन गाह्रो भो । सजिलो झुण्डमा सदस्यता लिई त्यसैलाई जिन्दावाद भन्दा सोच्ने, सम्झने टन्टा साफको दिशातिर हामी उन्मुख हुँदै गएका छौँ । मंगल ग्रहमा बस्तीका लागि प्रयत्नशील मान्छ त्यो पनि आफ्नो भूगोल, समुदाय, जाति, धर्म र नश्लका लाग, आम मानिस साँघुरिँदै गयो । बम, रकेट, मिसाइल, हातहतियार आम मान्छेको सुरक्षाको होइन मानिसहरूले खिचेको सीमा रेखा र त्यो सीमारेखाभित्र बस्ने मान्छेका सुरक्षाको नाममा भएको वितण्डा र घातका श्र्रष्टा पनि हामी नै भयाँैं । कोरा आदर्शको लागि यो बथानमा म कहाँ छु भनेर हेर्दा मेरो धरातल नै भेटिनँ ।

मान्छे हो स्वतन्त्ररूपमा सोच्न सक्छ । जति स्वतन्त्र भने पनि यो परिवेश, हिजोको परिवेशको गन्ध, सुगन्ध, दुर्गन्धबाट मुक्त भई नयाँ विचार जन्मनै सकेको छैन । म पनि यिनै परिस्थितिको एक मिसिमको दास हँु । भौतिक दास र मानसिक दासको दुवैका रसायनहरू नस नसमा घुसेका छन् । सेतो वस्त्र लगाएको पादरी देख्दा बम र मिसायलको त्रास लाग्छ । दाह्री पालेको मुल्ला देख्दा आफ्नो हलाल भएको सपना देख्छु । पहेँलो वस्त्र लगाएको भिक्षु र संन्यासी देख्दा मानसिक दासको जग निर्माण भएको देख्छु ।

यो मेरो भ्रम होला । पार्टी देख्दा स्वार्थी झुण्ड लाग्छ, नेता देख्दा सपनाको ठग जादुगर लाग्छ । राजनीति अवयवहरू र आयाम देख्दा कोलाहल र संन्त्रास लाग्छ । यो सोच र चिन्तन ममा आउनका लाग म मात्र जिम्मेवार छैन यो वर्तमानको द्वन्द्वात्मक संसारको सम्पूर्ण घटना, परिघटना पनि जिम्मेवार होला । संसार दुःखमय छ भने निराशा र शून्यवादको विरूद्ध शंकराचार्यको अद्वैतवाद पनि एक अर्काका लागि निषेधका लागि जन्मेका विचार हुन भन्ने अर्को त्यस्तो विचारले पनि प्रभाव पारेको होला, जीवनको चक्रमा अहिलेको वर्तमानमा राजनीति र त्यसका दर्शन, दर्शन बेच्दै सुदखोर जस्ता नेतृत्वले ज्यादै हलचल र प्रभाव पारेको छ ।

साम्यवादी दर्शन जनताको लागि रे, प्रजातन्त्रवादी दर्शन जनताको लागि रे, समाजवादी दर्शन जनताको लागि, अनेकौँ राजनीति दर्शन जनताका लागि रे ? प्रत्येक राजनीति दर्शन पछि प्राप्ति राजनीतिक प्रणालीमा जनताकै नाममा युद्ध, उन्माद, लुटखरौट, आमकेन्द्रित, व्यापारवाद किन जन्माउँछन् दर्शनका अनुयायी नेतृत्वहरूले ।

सम्पत्तिमा औसतरूपमा प्रणालीका लागि संघर्ष गरी विजय प्राप्त गरी नेतृत्व लिनेहरू वर्तमानका भन्दा खराब थिएनन् । हिजोको जनहितको संघर्षका लागि चाहे प्रकृतिसँग, चाहे राजनीतिक प्रणालीसँग लडार्इं लड्नेहरूलाई सलाम नगर्ने हो भने इतिहास र मानव समाजको विकासलाई अपमान गरेको ठहरिन्छ जस्तो लाग्छ । तर, पनि तितो यथार्थ सही राजनीतिक पार्टी र दल छन् त हामी बनेको भेडतन्त्रमा ? सही साधु सन्त, मुल्ला, पादरी, भिक्षु छन् त मन्दिर, विहार, मस्जिद, चर्चमा ? धार्मिक कट्टरता र पैसामुखी आजको अवस्थामा धर्मको परिभाषा समायनुकूल भेटिन्छन् भन्ने आस नै लाग्दैन । विष्णु, शिव, सूर्य, गणेश, देवीको आराधना गर्ने र सिद्धार्थ गौतमप्रति गर्व गर्ने मेरो परम्परागत संस्कारभित्र मैले खोज्ने र उदाहरण दिने पनि यिनै परिवेशकै उपजलाई मात्र हो ।

भौतिक जगतमा अपवादमा राम्रा मानिसहरू जोगी, सन्त, भिक्षु, पादरी, मौलाना होलान् ती छोपिएका छन् । त्यसैगरी, जनहितमा काम गर्ने राजनीतिज्ञ होलान् भेडतन्त्रले, नेतृत्वले, लखटेर छापामा बसेका होलान् । दाह्री, जटा, दण्ड, कमण्डलु, जयमाला र मृगचर्म या दिगम्बरको स्वरूप गर्दै साम्राज्यको लागि तृष्णा पालेका पनि उत्तिकै छन् । साधुको भेष र नेताको भाषण वाहरी आवरण मात्र हो । भन्ने ठहर गर्न नसके पनि अर्धसत्य हो ।

साधुको नसा नसामा, मनमा, तनमा आध्यात्मिकता भरिएको र जनताको लागि जनता मै जनताको सेवा गर्ने राजनीतिक सोच, चिन्तन त्यहीअनुरूपको व्यवहारको कल्पना मुंगेरीलालाको सपना मायाको भौतिक संसारमा रूमल्लिइरहेको छ । म अथकरूपमा खोजीकै क्रममा छु । हेरौँ प्राप्ति कस्तो हुन्छ ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
समीक्षा : जिउने कला र आत्ममार्गका लागि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested