English

आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)



हेटौंडा उपमहानगरपालिकाको कान्तिराजपथ सडकपेटीमा अहिले विभिन्न थरिका फूलहरू फुलेको देख्न सकिन्छ । हेटौंडा बजार र आसपासका क्षेत्रमा सडकको पेटीमा हेटौंडा उपमहानगरपालिकाले साना बिरुवा तथा ठूला फूलहरू लगाएको छ । बसन्त ऋतुको आगमनसँगै सडकपेटीमा फुलेका फूलहरूले बजारको सौन्दर्य थप बढाएको छ ।

हेटौंडा बजारको कान्तिराजपथको बुद्धचोकदेखि सानोपोखराचोक सम्म, भैरव रोड, पारिजातपथ लगायतको सडक पेटीमा फुलेका फूलहरू देखेपछि सबैका मन लोभिने गर्दछन् । त्यस्तै सानो पोखरा, माछा प्लान, बसपार्क, बाइपास रोड, अजरअमर रोड, पिपलबोट देखि संगमचोकसम्म, राप्तीरोड, लगायतका क्षेत्रमा पनि गमलासहित र बाहेक सडक पेटीमा फूलहरू रोपिएको छ ।

चैतको घामबाट फूलहरू सुक्न नदिनको लागि हेटौंडा उपमहानगरपालिकाले गोड्न र पानी हाल्न केही कामदारहरू खटाएको छ । निलकाँडा, गुलमोर, धुपी, पाम ट्रि, कल्की फूल, चाइनिज गुलाब, साइकस, हेज प्लान्ट, निलो फूल, क्यातुके, असोका, बगानदेवि, एरिया पाम लगायतका फूलका बिरुवाहरू रोपिएको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका केशव देवकोटाले जानकारी दिए । फूल रोप्ने, पानी हाल्ने र गोडमेल गर्ने अभियानलाई तीव्रता दिइएको उनी बताउँछन् ।

यो अभियानलाई पाँच वर्ष देखि सञ्चालन गरिएको हो । २०७४ साल जेठ महिनादेखि २०७८ साल चैत सम्मको अवधिमा हेटौंडाका विभिन्न स्थानमा २८ हजार ८ सय ५३ वटा फूलका विरुवा रोपिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । सुन्दर नगरीको उपनामले परिचित हेटौंडालाई फूलै फूलको शहरका रूपमा विकसित गर्ने उद्देश्यले फूलहरू रोपिएको महतको भनाई छ ।

यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
रङ्गियो गुराँसको राजधानी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested