English

लिभरपुल र चेल्सी विजयी



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-0 अन्तरले हरायो ।

पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औं मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए । ८५औं मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए ।

जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ । ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १-0 अन्तरले पराजित गर्‍यो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९०औं मिनेटमा गोल गरे ।

क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम ८६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै चेल्सी ३२ खेलमा ६५ अंक जोडेर तेस्रो स्थानमा छ । वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ ।आइतबारको अन्य खेलमा बर्नलीले उल्भ्सलाई १-0 ले हरायो । ब्राइटन र साउथह्याम्पटनले २-२ गोलको बराबरी खेल्दै अंक बाडे ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested