English

राजनीति नबुझी सत्ताको भर्याङ चढ्दाको परिणाम



समाज गजबको ढंगबाट आफ्नो संरचनामा फेरबदल गर्दै गएको छ । वातावरणीय प्रभाव पृथ्वीमा परे झै समाजमा थुप्रै प्रभावहरू पर्दै गएका छन् । दक्षिणपन्थी सोचका लागि सबै दक्षिण पन्थीहरूको साहित्य, राजनीति, संस्कृति, अर्थनीति महान् र अन्य पन्थी तुच्छा ।

त्यस्तै, वामपन्थीहरूका लागि पनि यही चरित्र लागू भएको छ । जातिवादको नश्लवादको, यो ऋतुकालमा सबभन्दा प्रबल जातिवाद र नश्लवाद नै छ । चुनाव जित्नका लागि राजनीतिज्ञहरू आस्था, विश्वासको भोट मात्र होइन सबै प्रकारका मानिसको भोटका लागि बोकेको आस्था र विश्वासलाई वार्षिकी श्राद्धमा परिणत गरे झै हर क्षेत्रमा विजयीका लागि, धन प्राप्तिका लागि, मानपदवी प्राप्तिका लागि सबै कर्म र कुकर्म गर्न तयार छन् मानिसहरू । अवस्था योसम्म आइसकेको छ नैतिक मूल्य के लाई भन्ने भनेर नयाँ परिभाषाको खोजी भइरहेको छ ।

धेरै गहराईमा पसेर शान्त, सुरक्षित, सुसंस्कृत नैतिक मूल्यभन्दा बजारवादी सोचको मूल्य घर–घरमा, घरका छतमा, बेडरुममा, शौचालयमा, वनजंगलमा, शहरमा गाउँमा पसेको छ । त्यसैले, आधुनिक जीवनको बजारले समाजलाई डोर्याउन खोज्दै छ । बाबुसँग छोराको मोह भङ्ग, आमाको छोराछोरीसँग मोह भङ्ग, पति–पत्नीको कुरै छोडौँ सम्झौता र संस्कृतिले तय गरेको सहमति यसले हामीलाई नितान्त एक्लो त्रासदीपूर्ण जीवन तिर त उन्मुख भइरहेका छैनौँ भन्ने सवाल खडा भएको छ ।

आजको राजनीति परिवेश पनि एक्लो निसहाय भय लाई सजिएको मानवको निर्माण गर्ने जिम्मेवार छ । ख्याल–ख्याल नसोचौँ एउटा मानिसले मात्र पनि सिङ्गो लोकतन्त्र प्रति विश्वास गरेन भने संख्या बढ्दै जान्छ । मौजुदा ढाँचाको लोकतन्त्रलाई विस्तारै–विस्तारै नदिले ढुङ्गा काटेर बगाए झैँ बगाउने छ लोकतन्त्रको ढुङ्गालाई । लोकतन्त्र जीवनतन्त्र हो । यसलाई यस सारमा नबुझी सत्ताको भ¥याङ बनाउँदा आउने परिणाम आजको अवस्था हो । आलोचनाबाट डराउने, निर्लज्ज तारिख, इमेज म्यानेजमेन्ट र ब्रान्ड एम्बेसडरको सामाजिक वर्तमान सोचले संस्कृति, साहित्य, राजनीति पिछलगु, अर्थनीति दलाल र पुँजीपतिको पिछलगु हुँदै मानवीय संवेदनाहरू मन्दविष पिएर मन्द मृत्युको प्रतीक्षामा रहेको समाज निर्माण गरिरहेका छौँ ।

म छैन, त्यो छ, त्यो छैन, म छु होइन समग्रतामा हामी फस्दै गएका छौँ, फसिरहेका छौँ जीवन र समाजलाई त्रासदीपूर्ण बनाउँदै जब आलोचना एकतर्फी हुन्छ, प्रशंसात्मक अभिव्यक्तिहरूको उर्वर खेती हुन्छ तब यर्थाथको, जीवन्त, सार्थक लोकतन्त्रवादी सिला खोजेझै खोज्नुपर्ने हृन्छ । आलोचना सार्थक र जीवन्त भए जनजीवनको कला, संस्कृति लोकतन्त्रको पहरेदार हुन्छ । स्वनाम धन्यहरू आलोचनाको नाममा गालीगलौज, व्यक्तिगत जीवनको टिप्पणीले हजारौँ वर्षदेखि विस्तारै विकसित हुँदै मानव सभ्यताको गतिशीलतामाथिको प्रहार हो जो रोक्नका लागि, यताउति लैजाने कुलो कुलेसो पनि बनाउँदैछन् । जुन दिन बाँध फुट्छ सभ्यता त बगाएर लान्छ लान्छ युद्धको त्रासदीमा बाचेको मानिस आजीवन सामाजिक दासको शिकार हुनेछ ।

कसैले कसैलाई भेट्नै नहुने, बोल्नै नहुने, सम्पर्क नै गर्नै नहुने सामाजिक परिपाटीको निर्माणका खातिर मूर्त र अर्मूत चेतनाहरू हामीले त्यसै प्रति लगाइरहेका छौ किन लगाउने हो थाहा छैन, तर नेतृत्वबाट यही गुण वैगुण सिकाइएको छ । संवादभित्र आलोचना पर्छ, संवादले समाज जिवन्तता हुन्छ । तर, मेरो गोरुको बाह्रै टक्का भन्ने सोचको संवादले भेदतन्त्र निर्माण गर्छ । समतामूलक सामाजिक न्याय सहितको समाज निर्माण गर्दैन त्यसमा त्यसमा बमबार्ड मात्र गर्छ ।

जीवनमा आलोचना चाहिन्छ सार्थक आलोचना सार्थक आलोचनाले जिवनको धारामा उन्नत विचार, चिन्तन व्यहार, जन्मिन्छ आलोचनाको सत्य पक्षलाई स्वीकार गरेमा । अतितलाई आलोचना गरेर नथाक्ने हाम्रो मनोदशा छ । अतित र वर्तमानको सार्थक संवाद र सार्थक आलोचना गर्ने हो भने अतित झुठ, फरेव, असत्यको पोका होइन वर्तमान सबै तन्दुरुस्त सबल पनि छैन । अतितको सिँढीबाटै वर्तमानको जन्म भएको हो । आलोचना पनि यान्त्रिकता र भ्रान्तिक युक्त छ कि छैन त्यसलाई महत्वका साथ हेर्नुपर्छ जस्तो लाग्छ ।

मानिस उपभोक्तावाद र रुढिग्रस्त कट्टरवाद माथि उठेर विचार, मानिसभित्र रहेको इन्द्रियबोध र भावसँग तालमेल गरेर जीवन र जगतको सम्बन्धमा विचरण गर्दै जीवनको यात्रा अगाडि बढाउने हो भने आलोचना पनि त्यही दृष्टिकोणबाट चल्न बाध्य हुन्छ ।

जीवन र नेपाली संस्कृति बचाउँदै जानका लागि रुढिवादी सोचको संस्कृति बचाउँदै त्याज्य गर्दै पश्चिमा पतित पुँजिवादी संस्कृतिबाट अलग्गिनुपर्छ । रोटी, भातको, लुगाको सावको, सवस्थ्य उपचारको, शान्ति सुरक्षाको जीवन्त समस्या लाई छोप्दै राजनीतिज्ञहरू गैरजरुरी मामुली मुद्दा उठाएर आफ्नो कर्तव्यबाट पन्छिदै मोटरहरूलाई तमासाका दर्शक बनाउने राजनीति र त्यसलाई ब्यानर न्युज बनाउने बिग हाउसहरूबाट जीवनका स्वास्थ्य आलोचनाको कल्पना नगरे हुन्छ । राजनीतिमा पर्यावरण, साहित्य, संस्कृति, अर्थमा पर्यावरणले जीवनका आयामहरू, विषादपूर्ण बनेका छन् । कतै कही हाम्रो जीवनलाई, धर्तीलाई यस रूपमा कतै लगिराखेका त छैनौँ । प्रसङ्ग कति मिल्छ थाहा छैन यो आलोखसँग भारतका प्रसिद्ध फिल्म निर्देशक, लेखक एवं कवि गुलजारको टुरिस्ट कविताको एउटा पंक्तिले मन चिमोट्यो ।

‘तुमने इक रिक्से वालेको भी तस्वीर उतारी
कलकते में जिसने ‘हावडा’ पार कराया था तुमको
तुमने उसकी पीठ मे जब थपकी दि थी
हँसा नही, वो हिनहिनाया था’

सायद, यस्तै रहने हो भने घोडाझैँ सवारको थप्कीमा हिनहिनाउनेबाहेक केही रहने छैन । अतितदेखि आजसम्मको कालखण्डमा सोझा–साझा मानवहरूको टाठा बाठाले हामी माथि चढिरहनेछन् र चढिरहनेछन् । कहीँ कतै यो पनि आलोचना नै हो आफैँप्रति, आफन्तप्रति, समाजप्रति सिङ्गो विश्वप्रति ।

चुनावको मौसम आएको छ । दलहरूले तोकेका सवारहरू हाम्रो पिठमा चढ्न आउँदैछन् । हाम्रो जीवन, हाम्रो तस्वीर उतार्नेछन् । भोट दिएबापत थप्की लगाउनेछन् । सवार भएर हामीमाथि चढ्नेछन् र हामी घोडाझैँ स्वामी भक्ति हो वा रिसले घोडाझैँ हिनहिनाउने छौँ । चुनाव नयाँ बुलडोजर मालिकको स्थापनार्थ हुनेवाला छ । यसरी नै वर्तमानको अवलोकनबाट निष्कर्ष दिन सकिन्छ ।

गाउँ छोडी सहर पसेकाहरू फेरि टुरिस्ट बनी आफूलाई भोट माग्नका लागि हामीमाथि नै सवार हुने यो निरन्तरता क्रमभंगको खोजीको बत्ती किन बल्दैन यो मेरो आलोचना हो आफैँप्रति । यो प्रश्नको उत्तरको अपेक्षा गर्दा गर्दै निदाएछु भोलि पुनः हिनहिनाउन क्रम शुरु हुनेछ । यो पनि आफैँप्रति आलोचन हो ।

यो पनि…
पशुपतिनाथ योगिका योगी महायोगी
यसैले सत्यम् शिवम् सुन्दरम्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested