English

आईपीएलका पाँच ‘फ्लप’ भारतीय क्रिकेटर



इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता जारी छ । जहाँ विश्वका चर्चित खेलाडी आपसमा १० टिममा रहेर प्रतिस्पर्धा गरिरहेका छन् ।

जारी लिगमा युवा खेलाडीको वर्चश्व छ र प्रदर्शन समेत युवा कै राम्रो देखिएको छ । आईपीएलमै गरेको प्रदर्शनले समेत राष्ट्रिय टिमको ढोका खोल्ने या बन्द गर्ने सम्भावना रहन्छ ।

भारतमा समेत आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीको कमी छैन । तर, यस सिजन ठूला र चर्चित केही खेलाडी भने प्रतियोगिताभर पूरा ‘फ्लप’ रहेका छन् ।

केही खेलाडीको लागि मेगा अक्सनअघि नै टिमले करोडौं रुपैयाँ लगाएर ‘रिटेन’ गरेका थिए । तर, हालसम्म ३१ खेल समाप्त भइसकेको अवस्था ठूला र चर्चित खेलाडीको प्रदर्शन भने बिर्सनलायक छ । खेलाडीले खास प्रदर्शन गर्न सकेका छैनन् ।

यी हुन् यसपटक ‘फ्लप’ रहेका पाँच क्रिकेटर

अक्षर पटेल

दिल्ली क्यापिटल्सले मेगा अक्सनअघि नै अक्षर पटेललाई बोली लगाएको थियो र नौ करोड (भारु) मा रिटेन गरेको थियो । तर, अक्षर अहिलेसम्म पूरा ‘फ्लप’ रहेका छन् । उनले पाँच खेलमा जम्मा एक विकेट लिएका छन् भने ७८ रन मात्रै बनाएका छन् ।

रोहित शर्मा

आईपीएलको सबैभन्दा सफल कप्तान बनेका रोहित शर्मा यस सिजनको भने खास प्रदर्शन दिन सकेका छैनन् । मुम्बई इंन्डियन्सले रोहितलाई १६ करोड (भारु) मा रिटेन गरेको थियो । यस सिजन ६ खेल खेलिसकेका उनले सर्वाधिक ४१ रन बनाएका छन् । हालसम्म उनले जम्मा एक सय १४ रन बनाए ।

विराट कोहली

रोयल च्यालेन्जर्स बैंगलोरका पूर्वकप्तान तथा ब्याटर विराट कोहली समेत यस सिजन ‘फ्लप’ रहेका छन् । विराटलाई बैंगलोरले १५ करोड (भारु)मा रिटेन गरेको थियो । उनले यस सिजन सात खेलमा मात्र सर्वाधिक ४८ रन बनाएका छन् । हालसम्म एक सय १९ रन बनाएका रोहितको औषत प्रदर्शन १९ दशमलब ८३ रहेको छ ।

मोहम्मद सिराज

मोहम्मद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले सात करोड (भारु) मा रिटेन गरेको थियो । उनी समेत ‘फ्लप’ सूचिमा चौथो नम्बरमा छन् । सिराजले यस सिजन सात खेलमा ६ विकेट लिएका छन् । यस सिजन उनले नौ दशमलव ८९ इकोनोमीमा रन खर्चिएका छन् ।

रविन्द्र जडेजा

रविन्द्र जडेजाले यसपटक चेन्नई सुपर किंग्सको कप्तानी गरिरहेका छन् । उनलाई यस सिजन १६ करोड (भारु) मा रिटेन गरेको थियो । जडेजाले यस सिजन ६ खेलमा पाँच विकेट लिएका छन् र ८८ रन बनाएका छन् ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested