English

नेपालका कलाकार र समाजसेवीहरूलाई भारतमा सम्मान



भारतको उत्तर प्रदेश राज्यमा रहेको ‘कला एकेडेमी’ र सम्भल जिल्लास्थित ‘उडान साँस्कृतिक समूह’ ले नेपालको लुम्बिनी वर्ल्ड पिस फोरम नेपालका कलाकार तथा समाजसेवीहरूलाई ‘राज्य सम्मान २०२२’ द्वारा सम्मान गरेको छ ।

लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष वासु गौतमलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको उक्त समारोहमा ‘कला एकेडेमी’ र ‘उडान साँस्कृतिक समूह’ ले नेपालका कलाकारहरू दामोदर बराल, नरबहादुर विश्वकर्मा, दिनेश्वर महतो, सरोज लामिछाने, प्रितम थापा र दीपक महतोलगायतलाई सम्मान गरेको हो ।

१५ र १६ अप्रिलमा आयोजित सम्मान कार्यक्रममा बलिउड सिनेमा ‘उचाइ’ मा अनुपम खेरको डबल भूमिकामा अभिनय गरेका सरोज लामिछानेलाई ‘अन्तर्राष्ट्रिय कलाकार’ का रूपमा पनि सम्मान गरिएको थियो ।

यसैगरी, समाजसेवी अनामिका अर्याल ‘महिला समाजसेवी सम्मान २०२२’ बाट सम्मानित भएकी छिन् ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested