English

भरतपुर माओवादीलाई दिने मनस्थितिमा देउवा



नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् ।

मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।

‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनुपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ देउवाले खनालसँग भनेका थिए ।

जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरू भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।

जिल्ला सभापति खनालले भविष्यमा आउने निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने र त्यसको जिम्मा पार्टी केन्द्रीय सभापतिकै हुने जवाफ दिएको उनले बताए ।

यो पनि
चुनावी प्रचार अभियानमा किन चुके प्रचण्ड ?
मन्त्री मनाङेले कुटे कर्मचारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested