English

इतिहासमा आज : आइन्सटाइनको मृत्युदेखि फ्रान्सिस्कोको शक्तिशाली भूकम्पसम्म



आज सन् २०२२ को १८ अप्रिल ।आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । आजकै दिन प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । त्यस्तै, जिम्बाबेले बेलायतबाट आजकै दिन स्वतन्त्र भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

सान फ्रान्सिस्कोमा शक्तिशाली भूकम्प

सन् १९०६ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर ३ हजार जनाको मृत्यु भएको थियो । भूकम्प र त्सपछिको आगलागीमा ८० प्रतिशत सहर ध्वस्त भएको थियो ।

सेन्ट पिटर निर्माण सुरु

सन् १५०६ मा हालको सेन्ट पिटर्स बासिलिकाको निर्माण सुरु भएको थियो । भ्याटिकन सिटीको सेन्ट पिटर विश्वको सबैभन्दा महत्वपूर्ण क्याथोलिक क्षेत्रहहरू मध्ये एक हो ।

अल्बर्ट आइन्सटाइनको मृत्यु

आजकै दिन विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । जर्मन मूलका अमेरिकी वैज्ञानिक आइन्सटाइनको मृत्यु १९५५ को १८ अप्रिलमा भएको थियो ।

उनको जन्म १८७९ को १४ मार्चमा जर्मनीको युल्ममा भएको थियो । २० औं शताब्दीका महान् भौतिकशास्त्री आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त अर्थात् ‘थ्योरी अफ रिलेटिभी’लाई भौतिकशास्त्रको महान् सिद्धान्तका रूपमा लिइन्छ । यही सिद्धान्तका कारण २०औँ तथा २१औँ शताब्दीमा भौतिकशास्त्रमा क्रान्ति ल्याएको छ ।

जिम्बाबे स्वतन्त्र

सन् १९८० को १८ अप्रिलमा जिम्बाबे बेलायतबाट स्वतन्त्र भएको थियो ।

यो पनि
विश्व इतिहासका मुख्य पाँच घटना
यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested