English

रुनु स्वास्थ्यका लागि राम्रो, जान्नुहोस् यसका ६ फाइदा



मानिस हरेक दिन विभिन्न मानसिक अवस्थाबाट गुज्रिरहेको हुन्छ । कहिलेकाहीँ हामीले ईर्ष्या, घृणा, उदासी र पीडाको भावनाको सामना गर्नुपर्ने हुन्छ । यो भावना हामी भित्र जम्मा भएको कारणले हामी पूर्ण रूपमा टुक्रिन्छौँ र मन धेरै भारी महसुस हुन्छ । तिनीहरूलाई बाहिर निकाल्ने एउटै उपाय छ र त्यो हो रुनु । रोए पछि हल्का महसुस हुन्छ । धेरै मानिसहरू रुनु कमजोरीको लक्षण हो भन्ने विश्वास गर्छन् । हाँस्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । त्यसैगरी रुँदा पनि केही स्वास्थ्य लाभ हुन्छ । जसरी पिसाबको माध्यमबाट हाम्रो शरीरबाट फोहोर पानी बाहिर निस्कन्छ, त्यसै गरी आँखा सफा गर्नको लागि पनि हाम्रो आँसु निस्कन्छ । आँसुले हाम्रो आँखालाई धुवाँ, धुलोको कणबाट जोगाउछ । अर्कोतर्फ, भावनात्मक रूपमा तनाव हुँदा आँसु निस्कन्छ । तिनीहरूमा विषाक्त पदार्थ र तनाव हार्मोनहरू पनि निस्कन्छन् ।

रुनुका स्वास्थ्य लाभहरू

तनाव कम गर्छ

जब तनाव धेरै हुन्छ,तब रुन मन लाग्छ । एक पटक रुनुभयो, भने तनावबाट मुक्त हुन सक्नुहुन्छ र पहिले भन्दा धेरै आराम महसुस गर्न सक्नुहुन्छ । आँसुमा तनाव हर्मोनको मात्रा धेरै हुन्छ र तिनीहरूलाई बाहिर निकाल्नुभयो भने, यसरी तनावलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।

आँखा स्वस्थ राख्छ

आँसुले तपाईँको आँखालाई हानि पुर्याउने सबै कुरासँग लड्छ । जब तपाईँ रुनुहुन्छ, आँखाबाट सबै फोहोर बाहिर निस्कन्छ र यसले तपाईँको आँखालाई हानि गर्दैन वा कुनै प्रकारको चोट पुर्याउदैन ।

सुख्खा आँखाबाट जोगाउँछ

आँखा सुख्खा हुने समस्या तब हुन्छ जब आँखाबाट आँसु आउन सक्दैन । तर यदि तपाई रोइरहनुभएको छ भने, यसको मतलब आँखा सुख्खा छैन । रुँदा आँसु निस्कन्छ र त्यसले आँखाको सुरक्षाको रूपमा काम गर्छ ।

चिन्ता कम हुन्छ

चिन्तित हुनुहुन्छ भने रुँदा मुड एकदम राम्रो हुन्छ । यसको पछाडिको कारण हो तनाव र भित्र जम्मा भएको सम्पूर्ण क्रोध बाहिर निस्कन्छ । जसको कारण तपाईँको दिमाग एकदम हल्का हुन्छ र खुसी महसुस गर्नुहुन्छ ।

सम्बन्ध बलियो हुन्छ

जब तपाईँ कसैको अगाडि रुनुहुन्छ, यसले तपाईँको र उनीहरूको सम्बन्धलाई बलियो बनाउँछ । त्यो व्यक्ति विशेष हो भने,उसले तपाईँलाई फकाउन सक्दो प्रयास गर्नेछ । जसले विशेष महसुस गराउनेछ ।

मानसिक रोगहरू विरुद्ध सुरक्षा

जब तपाईँ रुनुहुन्छ, त्यसपछि मानसिक अवस्था एकदम सामान्य हुन्छ । मुड पनि सामान्य बन्छ । यसो गर्नाले धेरै मानसिक अवस्थाबाट बच्न सकिन्छ । त्यसैले आफूभित्र केही महसुस हुँदा रिसाउनुको सट्टा रुनुहोस् ।

यो पनि…
हिँड्नुका फाइदा
उल्टो हिँड्दा हुने फाइदा



...
Binance开户

Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.info/en-NG/register?ref=YY80CKRN

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested