English

आइपिएल : चेन्नइको पहिलो जित, बेंगलोर पराजित



रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ ।

२१७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १९३ रन बनाउन सक्यो । बेंगलोरका शहबाज अहमदले सर्वाधिक ४१ रन बनाए । सुयश प्रभुदेशाईंले ३४ रनको योगदान गरे ।

बेंगलोरलाई सस्तैमा समेट्न चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले तीन विकेट हात पारे ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेको थियो ।

चेन्नईका रोबिन उथप्पाले आक्रामक ब्याटिङ गर्दै ८८ रन बनाए । ब्याटर शिवम दुबेले समेत आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९५ रन बनाए । बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए ।

यो पनि…
चेल्सीसँग पराजित मड्रिड सेमिफाइनलमा
आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested