English

‘ए मेरो हजुर ४’, के भन्छन् निर्माता–कलाकार ?



बिहीबारबाट (१ वैशाख) बाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेका छन् । मल्टिप्लेक्समा शो खुलेसँगै टिकट बिक्री पनि सुरु भएको छ । नेपाली कुनै फिल्मको शो खुलेको सम्भवतः पहिलो हो ।

प्रायः रिलिजको दुई वा तीन दिन अगाडि टिकेट बिक्री गरिने भए पनि फिल्मको लोकप्रियतालाई ध्यानमा राख्दै एक साताअगावै टिकेट बिक्री नै खोलिएको हो । नयाँ वर्षमै प्रदर्शन भएको ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेको थियो ।

निर्माता सुनिलकुमार थापाले आफ्नो अघिल्लो सिरिजहरूको तुलनामा कथ्य शैलीसँगै मेकिङमा पनि स्तरीयता बढेको बताए । ‘हामीले फिल्म बनाउदै अगाडि बढ्दै गर्दा स्तरीयता पनि बढेको छ । हामीले दर्शकको समय र पैसाको महत्त्व बुझेका छौँ,’ उनले भने ।

उनले फिल्म हेर्न हलसम्म आउने दर्शकलाई फिल्मले निराश नबनाउने दाबी गरे । अभिनेता अनमोल केसीले पनि फिल्मको टिकट खुल्ला भइसकेको हुँदा आफूलाई पायक परेको समयमा फिल्म हेर्न सकिने बताए । ‘फिल्मको शो खुलिसकेको छ । टिकट खरिद गर्न सकिन्छ । आफ्नो समयानुकूल फिल्म हेर्न सक्नुहुनेछ,’ अनमोलले भने ।

निर्देशक झरना थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् ।

फिल्ममा अनमोल र सुहाना थापासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
जी–बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested