English

यसरी पुग्यो खुमलटार पहिलो पटक ए डिभिजनमा



हेड टु हेडमा रानीपोखरी कर्नर टिम (आरसिटी) लाई पछि पार्दै खुमलटार यूथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लबसँग गोलरहित बराबरीमा रोकियो ।

लिगमा दुवै टिमले १३ खेलबाट २२ अंक जोडे पनि पहिलो चरणमा खुमलटारसँग पराजित हुनु रानीपोखरीका लागि ए डिभिजन लिग उक्लिने अवसरको बाधक बन्यो । पहिलो चरणमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई ३–१ ले पराजित गरेको थियो ।

२०७० सालमा ‘सी’ डिभिजन विजेताको हैसियतमा दोस्रो डिभिजनमा बढुवा भएको खुमलटार लिगको पछिल्लो संस्करणमा पनि दोस्रो भएको थियो । तर, उक्त संस्करणमा एक टोलीमात्र बढुवा हुने प्रावधान रहेकाले खुमलटार ‘बी’ डिभिजन लिगमै बसेको थियो ।

+यस्तै, खुमलटारसँग पराजित भएसँगै सामाजिक यूथ क्लब रेलिगेसनमा परेको छ । तालिकाको १३औं स्थानमा रहँदै लिगको अन्त्य गरेको सामाजिकले १३ खेलबाट १४ अंक जोड्यो । जुन रेलिगेसन जोनभन्दा एक स्थानमा माथि रहेको टुसालको भन्दा एक अंकमात्र कम हो ।

तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले यसअघि नै उपाधिसहित ए डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसक्दा पुछारमा रहेको झम्सिखेल तेस्रो डिभिजनमा घटुवा भइसकेको छ । फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान थियो ।

यो पनि…
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित

आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन
लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested