English

निर्वाचनको म्यादको पेशी वैशाख २ गते, के गर्ला सर्वोच्चले

३० वैशाखमा चुनाव नहुने हो कि भन्ने आशंका


आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगद्वारा जारी आचारसंहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएपनि सर्वोच्च अदालतले भने स्थानीय तहका प्रतिनिधिले पाँच वर्षसम्म कार्यकाल बिताउन पाउनुपर्ने भन्दै दायर गरिएको रिटबारे अझै फैसला सुनाएको छैन ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले स्थानीय तहका प्रतिनिधिले पाँच वर्षसम्म कार्यकाल बिताउन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले पुरै पाँच वर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी वैशाख २ गते तोकिएको छ ।

सो रिटमा अन्तरिम आदेश नदिएपछि वैशाख २ मा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाइएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० वैशाखमा नहुने हो कि भन्ने आशंका व्याप्त रहेको छ ।

यो पनि…
स्थानीय निर्वाचन : बालमैत्री छैनन् गाउँ-नगर
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested