English

सुजुकीले ल्यायो ‘ह्याप्पी न्यु कार’ योजना



नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन ‘सीजी मोटोकर्प’ले नयाँ वर्षको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार’ (happy new car) सार्वजनिक गरेको छ ।

कम्पनीको यस योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बिमा तथा स्क्य्राच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने जनाइएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरूमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरूका कारअनुसार फरक–फरक हिसाबका छुटहरूको यस योजना सीमित अवधिका लागि जारी लागू हुने पनि कम्पनीले बताएको छ ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस्, स्विफ्ट्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू बिक्री वितरण गर्दै आएको छ ।

यो पनि
३५ प्रकारका विशेष ल्याब परीक्षण सुविधा थपिए
सबैभन्दा फास्टर चार्जर ‘अल्ट्राडार्ट चार्जिङ’ लन्च




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested