English

अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !



विश्वभरका देश आफूलाई विकसित र सभ्य बनाउन लागि परेका छन् । केही देशले त आफ्नो पहुँच चन्द्रमा र मंगलसम्म पुर्याएका छन् । तर अहिलेसम्म यस्ता पनि केही देश छन्, जहाँ समाजको परम्परा भन्दै कुप्रथा कायम रहेको छ । यो देश किर्गिस्तान हो, जहाँ अहिलेसम्म पनि अपहरण गरेर ल्याएपछि बेहुली बनाएर भित्राइन्छ । त्यहाँ महिलालाई विवाह गर्नका लागि पहिला अपहरण गरिन्छ ।

प्रतीकात्मक तस्वीर

२०१३ मा सरकारले यसलाई गैरकानूनी घोषित गरेकपनि अहिलेसम्म पूर्ण रुपमा नियम लागू गरेको पाइँदैन । त्यहाँ कही दिनअघि मात्रै २७ वर्षकी एक महिलालाई अपहरण गरियो । र पछि उनको हत्या गरिएको थियो । जसको बिरोधमा सरकारभर प्रदर्शन भयो । किर्गिस्तानको राजधानी बिश्केकमा ५ अप्रिलमा कामका लागि घरबाट निस्किएकी एजादा कनाटबकोवालाई तीन मानिसले जबरजस्ती अपहरण गरे ।

किर्गिस्तान में प्रोटेस्ट्स

घरकाले उनलाई धेरै खोजे तर पाउन सकेनन् । पछि पुलिसले घटनाको अनुसन्धान गर्दै जाँदा राजधानी नजिकको एक गाउँमा एक मृत पुरुष र एजादा कनाटबकोवालाई मृत अवस्थामा भेटियो । हरेक वर्ष ८ हजारको हाराहारीमा किर्गिस्तानमा महिलाको अपहरणपछि विवाह हुने गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested