English

मलेसियालाई जित्नै पर्ने दबाबमा नेपाल



त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसियाको सामना गर्दा नेपाल सतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुनेछ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ ।

यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ । नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङगो लगाउने छ ।

नेपालले मलेसियालाई हराएमा पपुवा न्यु गिनी (पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

पीएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ । दोस्रो स्थानको पीएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पीएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो ।

मलेसियाविरुद्धको खेलमा प्रशिक्षक पुबुदु दसानायकेले बिहीबार पिएनजीविरुद्ध उतारेको टोलीलाई नै निरन्तरता दिने प्रबल सम्भावना छ । सो खेलमा दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका थिए भने डेब्यु खेलमै आदिल आलमले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन बनाएका थिए ।

बलिङतर्फ तीव्र गतिका बलर करण केसी ह्याट्रिकसहित पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले ट्वान्टी-२० क्रिकेटमा ५० विकेट समेत पूरा गरेका थिए ।

यता नेपालविरुद्धको पहिलो खेलमा मात्र ११४ रनमा समेटिएको मलेसिया उच्च प्रदर्शनका साथ फाइनलमा स्थान बनाउन चाहन्छ । पीएनजीविरुद्धको पहिलो भेटमा जित निकालेको मलेसिया शुक्रबार भने बलियो योगफलका बाबजुद निराश भएको थियो ।

यो पनि…
आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]
यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र
आठ वर्षपछि अमेरिका विश्वकपमा छनोट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested