English

महिलाले बिहान खानुहोस् यी चिज



प्रोटिन सबै महिलाको लागि धेरै महत्त्वपूर्ण छ । कतिपय महिला प्रायः आफ्नो खानपानमा विशेष ध्यान दिदैनन् । बिहान उठ्नेबित्तिकै घरको काममा यसरी व्यस्त हुन्छिन् कि सबै काम सकेपछि मात्र केही खाने समय मिल्छ ।

गृहकार्य महत्त्वपूर्ण छ तर तपाईंको स्वास्थ्य त्यो भन्दा महत्त्वपूर्ण छ । त्यसैले बिहान सबभन्दा पहिले के र कहिले खाने भन्ने कुरा थाहा पाउनु निकै जरुरी हुन्छ । किनभने बिहानको पहिलो आहार दिनभरको ऊर्जाको लागि मात्र होइन भविष्यमा स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण हुन्छ । किनकि बिहानको पहिलो खानाले धेरै रोगबाट बचाउँछ ।

नरिवलको पानी
महिलाले बिहान उठ्नेबित्तिकै नरिवलको पानी पिउनुपर्छ । यो कम क्यालोरी भएको पेय हो जसमा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, बी कम्प्लेक्स भिटामिन, भिटामिन सी हुन्छ जुन महिलाको प्रतिरक्षा प्रणालीको लागि राम्रो हुन्छ । यसमा साइटोकिनिन पाइन्छ । महिलाको बुढ्यौलीलाई यसरी नियन्त्रण गर्छ कि छालाले उमेर प्रकट गर्दैन । नरिवलको पानीले तौल घटाउन पनि मद्दत गर्छ । यसले रक्तचाप नियन्त्रणमा राख्छ । फ्याट फ्री हुनाले यसले कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ ।

चना
भिजेको कालो चनामा बदामको तुलनामा धेरै पोषक तत्त्व पाइन्छ । यो महिलाका लागि प्रोटिन, फाइबर, मिनरल्स र भिटामिनको उत्तम स्रोत हो । दिनको सुरुमा यसलाई खाँदा दिनभर थकान हुँदैन । एक अनुसन्धानका अनुसार हरेक बिहान एक मुठी भिजाएको चना महसँग खाँदा प्रजनन क्षमता पनि बढ्छ । यदि तपाईंले दैनिक एक मुट्ठी चना नुन नमिलाएर खानुभयो भने यसले तपाईंंको छाला सफा र चम्किलो देखाउँछ ।

स्याउ
महिलाहरूले बिहान एउटा स्याउ खानुपर्छ । यसमा फ्लेभोनोइड्स पाइन्छ जसले महिलाहरूलाई ओस्टियोपोरोसिसबाट बचाउँछ । हड्डी बलियो बनाउँछ । स्याउले फोक्सोमा अक्सिजनको आपूर्तिमा पनि मद्दत गर्छ । त्यसैले धेरै मानिसहरू कसरत अघि स्याउ खाने सल्लाह दिन्छन् । यसले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ ।

दूध
दूधमा प्रोटिन पाइन्छ । एक अध्ययनले यो पनि देखाएको छ कि दैनिक दूध पिउनाले महिलाको स्मरणशक्ति पनि तेजिलो हुन्छ । दूधले ऊर्जा वृद्धि गर्छ । छाला, कपाल र हड्डीको लागि धेरै लाभदायक छ । दैनिक एक गिलास दूध पिउने महिलाहरू अरू महिलाको तुलनामा कम बिरामी हुन्छन् । विशेष गरी आमा बनिसकेका महिलाका लागि दूध धेरै महत्त्वपूर्ण छ र उनीहरूको बच्चाले दूध पिउने गर्दछ ।

ड्राइफ्रुट्स
काजू, बदाम, ओखर, पिस्ता जस्ता ड्राईफ्रुटलाई एकसाथ मिसाएर सेवन गर्दा बढी फाइदा हुन्छ । ड्राइफ्रुट्स ऊर्जाको उत्तम स्रोत मात्र होइन, यो एन्टी एजिङ पनि हो । अर्थात् ड्राइफ्रुट्स खाँदा उमेर ढिलो देखिने गर्छ । ड्राइफ्रुट्समा अत्यावश्यक फ्याटी एसिड, प्रोटिन, मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले महिलामा हुने हेमोग्लोबिनको कमी पनि हट्छ ।
यो पनि….
दौडनुअघि जान्नुहोस् यी १० नियम

हिँड्नुका फाइदा
दैनिक उसिनेको अण्डा खानुको फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested