English

अर्जेन्टिना रोकिँदा ब्राजिलको जित



कतार विश्वकप-२०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिँदा ब्राजिलले भने सानदार जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा दोस्रो स्थानको अर्जेन्टिना इक्वेडरसँग १-१ को बराबरीमा रोकियो । जुनियन अल्भारेजले पहिलो हाफमा गरेको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लिए लिएको थियो ।

तर, इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । उसका इनेर भ्यालेन्सिकाले गोल गरे । दक्षिण अमेरिकी च्याम्पियनलाई बराबरीमा रोकेसँगै इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

छनोटको दोस्रो स्थानको अर्जेन्टिनाले भने यसअघि नै विश्वकपको टिकट काटिसकेको छ । यस बराबरीसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म पुर्‍याएको छ ।

दक्षिण अमेरिकी छनोटबाट विश्वकपको टिकट काट्ने चार टोलीको टुंगाे लागेको छ । विश्वकपमा अर्जेन्टिनासँगै ब्राजिलले अपराजित रहँदै आफ्नो स्थान सुरक्षित गर्‍याे । यस्तै, उरुग्वे तेस्रो र इक्वेडर चौथो स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरे ।

बिहानै भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० अन्तरले पराजित गर्‍याे ।

ब्राजिललको जितमा रिचार्लिसनले दुई गोल गरे । यस्तै, लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल गरे ।

यो पनि…
आइपिएल : राजस्थानले यसरी जित्यो

आइपिएल : कसको जित, कसको हार ?
पोर्चुगल,पोल्यान्ड, फ्रान्स र स्पेनको जित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested