English

‘अर्घा भगवती मन्दिरलाई संसारले चिन्नेछ’



अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल शालिक निर्माण हुने भएको छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो ।

करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मेयर कमलप्रसाद भुसालको विश्वास छ ।

‘धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि शालिक निर्माण थालिएको हो,’ भुसालले भने, ‘यो काम सम्पन्न भएसँगै मन्दिरको थप गरिमा बढ्नेछ, अर्घा भगवती मन्दिरलाई संसारले चिन्नेछ ।’

चैते दशैंसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मूर्ति करिब ४२ क्विन्टलको रहेको नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

सन्धिखर्क बजारबाट ७ किलोमिटरको दूरीमा रहेको मन्दिरबाट अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी तथा पाल्लाको केही भागको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?
जानौं ध्यानका लागि हात मुद्राहरू
ध्यान गर्दा नियम पालना गरौं
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई

Latest










Popular
Suggested