English

ओस्कारको मञ्चमा झगडा, उपाधि विजेताले नै कार्यक्रम प्रस्तोतालाई हाने मुक्का



ओस्कार २०२२ मा चर्चित अभिनेताको उपाधि पाएका विल स्मिथले कार्यक्रम प्रस्तोता क्रिस रकलाई मुक्का हानेका छन् ।

जानकारीका अनुसार कार्यक्रम प्रस्तोता क्रिस रकले विल स्मिथकी श्रीमतीको कपालबारे टिप्पणी गरेका थिए जसकारण विल स्मिथ असाध्यै रिसाए । उनी मञ्चमा गए र क्रिसलाई जोडदार तरिकाले मुक्का हाने ।

क्रिसलाई विलले किन हाने ?

क्रिस रकले फिल्म जी.आई.जेनको विषयमा विल स्मिथकी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका थिए । उनले जेडाको तालुपनामाथि कमेन्ट गर्दै भनेका थिए, ‘जी.आई. जेन टुको प्रतीक्षा जेडाले गर्न सक्दिनन् किनभने फिल्ममा मुख्य नायिकाको लुक ‘बाल्ड’ थियो ।’

श्रीमतीको यसरी मजाक उडाएको विललाई मन परेन र उनले कार्यक्रम भइरहेकै बेला स्टेजमा गएर क्रिसलाई मुक्का हानेर आफ्नो रिस व्यक्त गरे ।

ट्विटरमा प्रयोगकर्ता चकित

विलको यस्तो व्यवहारले सबैजना चकित परे । क्रिस रक मुक्का खाएको केही बेरसम्म चुप लागे । विलले उनलाई भने, ‘मेरी श्रीमतीको नाम तिम्रो मुखबाट आइन्दा ननिकाल ।’ क्रिसले जवाफ दिए, ‘यस्तो गर्नेछैन ।’

ओस्कर सन् २०२२ मा समावेश व्यक्तित्वका साथै कार्यक्रमलाई टिभीमा हेर्नेहरु पनि जिल खाए । केही मिनेटमै विल स्मिथ र क्रिस रक ट्विटरमा ट्रेन्ड हुन थाले । यी दुईबारे अत्यधिक चर्चा पनि भइरहेका छन् ।

यो पनि…
सलमान खानलाई मन्त्री आलेले के भने ?

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested