English

२०२१ मा आमा बन्न लागेका बलिउड सेलिब्रेटीहरू



२०२१ को शुरुवातमा बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बनिन् । त्यसपछि २१ फेब्रुअरीमा करिना कपुर खानले आफ्नो दोस्रो सन्तानलाई जन्म दिइन् । त्यसपछि पनि बलिउडमा अन्य धेरै सेलिब्रेटीहरूले सन्तान सुखको शुभ समाचार दिने तयारीमा छन् । भर्खरै बलिउड अभिनेत्री दीया मिर्जाले पनि आफू चाँडै आमा बन्न आँटेको कुरा सामाजिक सञ्जालमार्फत् जानकारी दिइन् ।

दीयाले १५ फेब्रुअरी, २०२१ मा मुम्बईका व्यापारी वैभव रेखीसँग विवाह गरेकी थिइन् । हालसालै यी दुई मालदीपमा हनिमुन मनाएर फर्किए । मालदीपबाट नै बेबी बम्प फोटो पोस्ट गरेर दीयाले शुभ समाचार सुनाइन् । दीयाको साथसाथै बलिउडमा अन्य धेरै अभिनेत्रीहरू पनि यो वर्ष आमा बन्न लागेका छन् । २०२१ मा आमा बन्न आँटेका बलिउड अभिनेत्री को को छन् त ?

लीजा हेडन

‘ए दिल हे मुश्किल’ तथा ‘द शौकीन्स’ जस्ता फिल्ममा देखिइसकेकी लीजा तेस्रो पटक आमा बन्न गइरहेकी छिन् । लीजाले २०१६ मा व्यापारी डीनो ललवानीसँग विवाह गरेकी थिइन् ।

श्रेया घोषाल

बलिउडकी चर्चित गायिका श्रेया घोषल विवाह भएको ६ वर्षपछि आमा बन्दैछिन् । उनले सामाजिक सञ्जालमा बेबी बम्प देखिएको फोटो शेयर गर्दै हुनेवाला बच्चाको नाम पनि सार्वजनिक गरेकी थिइन् । ३६ वर्षिय श्रेयाले आफ्नो तथा पति शिलादित्य मुखोपाध्यायको नाम जोडेर बच्चाको नाम ‘श्रेयादित्य’ न्वारन गरेकी छिन् । ५ फेब्र्रुअरी २०१५ मा श्रेया घोषालले प्रेमी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन् ।

नीति मोहन

बलिउडको प्लेब्याक सिंगर नीति मोहन पनि २०२१ मा पहिलो पटक आमा बन्न गइरहेकी छिन् । उनले केही दिन अघि यसको खुलासा सामाजिक सञ्जालममार्फत आफ्नो बेबी बम्प देखाएको फोटो सेयर गरेकी थिइन् । नीतिले २०१९ मा निहार पन्डयासँग विवाह गरेकी थिइन् । नीति ४० वर्षको उमेरमा ढिलो गरी आमा बन्दै छिन् ।

किश्रव्र मर्चेन्ट

टेलिभिजन अभिनेत्री किश्रव्र पनि ४० वर्षको उमेरमा पहिलो पटक आमा बन्न आँटेकी छिन् । किश्रव्रले सोसल मिडियामार्फत बेबी बम्पको साथ केही तस्विरहरू शेयर गरेर यो कुराको जानकारी दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘यो योजना बिना भयो तर म धेरै खुसी छु ।’ उनको डेलिभरी अगस्ट २०२१ मा हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

Latest










Popular
Suggested