English

एनआरएनएको महाधिवेशनमा कसले के भने ?



राष्ट्रपति विद्यादेवी भण्डारीले गैर–आवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छिन् ।

गैर–आवासीय नेपाली सङ्घ (एनआरएन) को १०औं विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैर–आवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

उनले भनिन्, ‘तपाईंहरूले गैर–आवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।’

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भू–कम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।

गृहमन्त्री बालकृष्ण खाणले गैर–आवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताए । उनले नेपाल सरकार सदैव एनआरएनको साथ र समर्थनमा रहने विश्वास पनि व्यक्त गरे ।

सङ्घका पूर्वअध्यक्ष भवन भट्टले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशीको ‘भवन प्राइज’पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

यो पनि…
एनआरएनएको दशौं महाधिवेशन काठमाडौंमा सुरु
एनआरएनए महाधिवेशन पूर्वसन्ध्यामा शेष घलेले डाके भेला



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

Latest










Popular
Suggested