English

को–को छन् महावीर क्याबिनेटमा ?



राष्ट्रिय आविष्कार केन्द्रमा नयाँ–नयाँ परियोजना र आविष्कारको सोच भएका युवाहरू पुग्ने गर्छन् । उनीहरूले आविष्कार गर्ने प्रस्तावमा आफ्नो सीप, परियोजनाको प्रकृति, लागत, समयलगायत सबै विवरण हुन्छन् । प्रस्तावित उक्त परियोजना नवीन र व्यवसायीक प्रभाव पार्ने किसिमको देखियो भने केन्द्रले तत्कालै स्वीकृत गर्छ । योजना स्वीकृत भएपछि प्राविधिकहरू केन्द्रमै योजनाअनुसार काम गर्न थाल्छन् ।

राष्ट्रिय आविष्कार केन्द्र प्राविधिक नवीनताका लागि एक आकर्षक ‘प्लेटफर्म’ बन्दै गएको छ । केन्द्रले सूचना तथा प्रविधिमार्फत् विकासमा टेवा दिन नयाँ नयाँ खोज र आविष्कार गर्दै आएको छ । उक्त केन्द्र सन् २०१२ मा महावीर पुनले स्थापना गरेका हुन् । केन्द्र सन् २०१७ देखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा अवस्थित छ ।

देश विकासका सम्भावनाको खोज र आविष्कारको लागि केन्द्रले इन्जिनियरहरूलाई प्लेटफर्म, सहकार्य गर्ने टोली, बजेट र प्रेरणा प्रदान गर्दै आएको छ । केन्द्रमा हाल ३५ जना प्राविधिक कार्यरत छन्, जसमध्ये २६ जना त इन्जिनियर मात्र छन् । त्यस्तै, पुनका केही यस्ता निकट व्यक्तिहरू पनि छन्, जसको सहकार्य राष्ट्रिय आविष्कार केन्द्रका लागि अपरिहार्य छ ।

डा. महावीर पुन नेपाली समाजका प्रिय पात्र हुन् । उनले एशियाको नोवल पुरस्कार मानिने म्यागासेसे समेत प्राप्त गरिसकेका छन् । यी अन्तर्राष्ट्रिय व्यक्तित्वको सफलताको पछाडी को को सारथीहरू छन् ? को-को छ, उनको क्याबिनेटमा ?

डम्बर नेपाली

केन्द्रले कोभिडको समयमा फेस मास्क र पिपिईदेखि भेन्टिलेटरसम्म बनायो । केन्द्रमा समय सान्दर्भिक र व्यवसायिक गुण बोकेका उत्पादन मात्र अघि बढ्छन् । यहाँबाट बन्दै आएका रोबोट, सोलार ड्रायर, इलेक्ट्रोनिक प्रणालीहरू जस्ता विभिन्न आविष्कारहरू सबै प्रा.डा. डम्बर नेपालीकै मार्गदर्शन र अनुगमनमा सम्पन्न भएको मानिन्छ ।

इन्जिनियर नेपाली राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड मेम्बर हुन् । उनी काठमाडौं विश्वविद्यालयका डीन पनि हुन् । केन्द्रका बोर्ड मेम्बर र एक वरिष्ठ इन्जिनियर भएको नाताले उनले केन्द्रमा कुनै पनि नयाँ आइडिया वा आविष्कारका परियोजनाहरूको स्वीकृती प्रक्रियामा भूमिका निर्वाह गर्दै आएका छन् । केन्द्रमा आविष्कारसँग सम्बन्धित कुनै पनि कुराको हिसाब किताव, स्वीकृति र सल्लाहदेखि मनन गर्ने सम्मका सबै कार्यमा उनको सहभागिता रहँदै आएको छ ।


हरिकुमार सिलवाल

राष्ट्रिय आविष्कार केन्द्रमा कर्मचारीलाई तालीम दिने, व्यवसायिक जनसम्पर्क बढाउने, प्रस्तावना बनाउने र संस्थामा उत्पन्न भएका वा हुनसक्ने समस्याको समाधान गर्ने कार्यहरू गर्नुपर्ने हुन्छ । यी सबै काम सम्हाल्छन्, सीए हरिकुमार सिलवालले ।

महावीर पुन र सिलवालको सम्बन्ध ३५ वर्ष लामो हो । सिलवाल राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड मेम्बर पनि हुन् । उनी केन्द्रको कानूनी र वित्तिय विषयहरू सम्हाल्छन् । केन्द्रका उत्पादनलाई स्वामित्व दिलाउने, राम्रो कार्य वातावरण सिर्जना गर्ने लगायत केन्द्रका उत्पादनहरूलाई कानूनसम्मत बनाउने लगायत कार्यमा उनको सहकार्य रहन्छ ।

सिलवाल भन्छन्, ‘बोर्ड मेम्बर भएको नाताले केन्द्रमा प्राविधिकहरूको नियुक्तिदेखि, व्यवसायिक जनसम्पर्क, तालीम, कार्य वातावरण र केन्द्रको वित्तिय र कानूनका विषयहरू हेर्नुका साथै विभिन्न समस्या समाधान गर्ने कार्यमा भूमिका निर्वाह गर्ने गरेको छु ।’ पुनसँगको लामो मित्रताको नाताले केन्द्रको लागि आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्दै आएको सिलवाल बताउँछन् ।

डा. सरोज धिताल

डा. सरोज धिताल काठमाडौँ मोडल अस्पतालका वरिष्ठ सर्जन हुन् । डा. धिताल पुनका पुराना साथी पनि हुन् । पुनसँग उनको आइएस्सी पढ्दादेखिको सम्बन्ध हो । उनले केन्द्रलाई आवश्यक मेडिकल परामर्श, सल्लाह र मार्गदर्शन प्रदान गर्दै आएका छन् ।
पुन र आविष्कार केन्द्रलाई आफ्नो योग्यता र क्षमताले भ्याएसम्मको सहयोग गर्दै आएता पनि केन्द्रलाई यहाँसम्म ल्याउनमा ग्रामीण भेगमा रहेका केन्द्रका टावर र स्टेसन कुरेर बस्ने गाउँलेहरूको हात रहेको उनको भनाई छ ।

‘केन्द्रको लागि पुन आफै धाउँछन्, एक्लै लागी परेका छन् र एक्लै खटेका छन् भन्दा पनि फरक पर्दैन । विभिन्न अवार्डले सम्मानित भएका पुन यहाँसम्म आइपुग्नु उनको कडा परिश्रम र मिहिनेतकै कारणले हो,’ डा. धिताल भन्छन्, ‘पुनको लामो समयको संघर्षपछि हालै मात्र भने थुप्रै साथ र सहयोग आउन थालेका छन् । यद्यपी केन्द्रको विकासका लागि आर्थिकभन्दा पनि श्रम र बौद्धिक सहयोगले ठूलो भूमिका खेलेको छ ।’

बोर्ड सदस्यहरू

पूर्वसचिव रामेश्वर खनाल पनि राष्ट्रिय आविष्कार केन्द्रको बोर्डमा रहेका छन् । नेपाली समाजमा बौद्धिक छवि स्थापित गरेका खनाल चर्चित अर्थसचिव समेत हुन् । त्यस्तै, आविष्कार केन्द्रको बोर्ड सदस्यका रूपमा डा. दिनेशराज भुजु, डा. प्रमोद ढकालसमेत रहेका छन् । भनिन्छ, अध्यक्ष पुनसहित बोर्ड सदस्यहरू नै यस केन्द्रका मूख्य ‘ब्रेन’ हुन् ।
तर, पुनको टीम यत्तिमा सीमित छैन । उनको सल्लाहकार मण्डल पनि छ । यसमा सन्देश पाण्डे, डा. सन्तोष सापकोटा, डेभिड कोभ्यास, डा. तुलसी धरेल, डा. रामेश्वर अधिकारी र सुवास गुरुङ रहेका छन् ।

त्यसैगरी आविष्कार केन्द्रमा कार्यकारी टीम पनि छ । त्यस टिमको नेतृत्व सीए मीरा पोखरेल र इन्जिनियर सुनील बाँनियाले गर्दै आएका छन् । सीए पोखरेल केन्द्रकी सिइओ हुन् । इन्जिनियर बानियाँले भने मेनेजिङ डाइरेक्टरको भूमिका निर्वाह गरिरहेका छन् । सुरज कार्की, महिप केसी, जिकेश थापा, सुजन बाँनिया, सञ्जय बहादुर सिंह, रितेश देव र प्रतिभा पराजुली पनि कार्यकारी टीममा रहेका छन् । त्यसैगरी दुईजना विदेशी पनि छन्, आविष्कार केन्द्रको सहयोगीका रूपमा । ती दुई विदेशी हुन्– डा. फ्लोमिङ टोपसे र वाटानेब सेइची ।

डा. पुनको टिममा जति पनि सदस्य, सल्लाहकार वा कर्मचारी छन्, ती सबै डाक्टर, इन्जिनियर, सीए वा कुनै न कुनै विषयका विज्ञ छन् । आफ्नो विधामा खरो उत्रिएकाहरू नै डा. पुनको ‘क्याबिनेट’मा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested