English

विश्व इतिहासमा आज : यी हुन् मुख्य चार घटना



आज २६ मार्च । विश्व इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाहरू भए । प्रस्तुत छ केही मुख्य घटना :

रूसमा पुटिन राष्ट्रपति
सन् २००० मा भ्लादिमिर पुटिन रूसको राष्ट्रपतिमा निर्वाचित भएका थिए । भूतपूर्व केजीबी अधिकारी पुटिनले रूसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो ।

रूसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो समयमा युक्रेनमाथि रूसी हमला गर्ने निर्णयका कारण अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ । रूसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ ।

मर्कोसर समूह स्थापना
सन् १९९१ मा चार ओटा दक्षिण अमेरिकी देशहरूले मर्कोसर समूह स्थापना गरेका थिए । अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन् । साझा बजार प्रवर्द्धन गर्ने उदेश्यले समूह स्थापना गरिएको हो ।

इजरायल र इजिप्टबीच सन्धि
सन् १९७९ मा इजरायल र इजिप्टबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । इजिप्टका राष्ट्रपति अजवर अल सदात र इजरायलका प्रधानमन्त्री मेनाचेम बिगिनले सो सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै दुई देशबीचको ३० वर्ष लामो युद्ध समाप्त भएका थियो ।

जैविक हतियार सन्धि
सन् १९७५ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो । सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ । यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन् ।
यो पनि…
पश्चिमा देशहरूले युक्रेनलाई थप सहयोग गर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested