English

‘द कश्मीर फाइल्स’ सफलताको यी हुन् पाँच कारण



निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाइको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो ।

पहिलो दिन बक्सअफिसमा ३ दशमलव ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको पनि थिएन । तर फिल्मले त्यो देखाएरै छोड्यो ।

१५ करोड बजेटमा बनेको यो फिल्मले ठूला-ठूला फिल्मलाई बक्सअफिसमा पानी पिउन बाध्य बनाइदियो । यो फिल्मको सुरुवाती समयदेखि अहिलेसम्मको यात्रालाई हेर्ने हो भने पाँच कारणले बक्सअफिसमा सफल भयो भन्ने मान्न सकिन्छ ।

वास्तविक घटनामा आधारित

‘द कश्मीर फाइल्स’ हेरेका घाटीबाट ज्यान जोगाउन भागेर आएका कश्मीरी हिन्दु पुराना दिन सम्झेर भावुक भइरहेका छन् । उनीहरुका सन्तानहरु जो १९९० को दशकपछि जन्मिए, उनीहरुले अग्रजबाट त्यसको कथा सुनेका थिए । अहिले उनीहरु नै फिल्म हेरेर त्यहाँको पीडाबोधको अनुभव गरिरहेका छन् ।

सामाजिक सञ्जालमा कश्मीरका हिन्दुहरु आफूमाथि भएको अत्याचारको बेलीविस्तार लगाइरहेका छन् । कश्मीरको प्रतिनिधित्व नगर्ने व्यक्तिहरु पनि ९० को दशकमा कश्मीरमा के भएको थियो, जसकारण करिब ५ लाख मानिसले आफ्नो घर छोडेर भागेका थिए भन्ने कुरा जान्नलाई फिल्म हेरिरहेका छन् ।

विवादको सहारा

यो फिल्म रिलिज हुनुअघि नै एक फ्यानले प्रश्न गरेपछि निर्देशक विवेक अग्नीहोत्रीले यसबारे विवाद सुरु गरेका थिए । जसकारण उनलाई ‘द कपिल शर्मा’ शोमा प्रमोसनका लागि बोलाइएन ।

उनले आफूलाई फिल्म प्रमोसनका लागि २५ रुपैंयाँ मागेको उल्लेख गरेपछि राष्ट्रियताको नाममा कपिल शर्मालाई सामाजिक सञ्जालमा ट्रोल बनाउन थालियो । मानिसहरुमा रिसको पारो बढ्यो र ट्विटरमा ‘बायकट द कपिल शर्मा शो’ ट्रेन्ड हुन थाल्यो । मानिसहरुले फिल्मको प्रमोसन आफैं गर्ने निर्णय लिए ।

राजनीतिक समर्थन

‘द कश्मीर फाइल्स’ निकै शान्त तरिकाले रिलिज भयो । फिल्मको समीक्षा पनि सन्तुलित थियो । यसपछि मानव भावनामा आवेग आयो र यसले आफ्नो चपेटामा राजनीतिक हस्तीलाई पनि पार्यो । सबैभन्दा पहिला हरियाणाको खट्टर सरकारले यसलाई ट्याक्स फ्रि गरिदियो । त्यसपछि धेरै राज्य सरकारले ट्याक्स फ्रि गरिदियो ।

वर्ड अफ माउथ पब्लिसिटी

यो फिल्मको प्रमोसन कुनै ठूलो मञ्चमा गरिएन । तर पनि यो फिल्म हेर्नका लागि थिएटरमा दर्शकको भीड बढिरहेको छ । यसको कारण यो हो कि फिल्म हेरेका दर्शकहरुले परिवार तथा साथीभाईलाई फिल्म हेर्न प्रोत्साहित गरिरहेका छन् । सामाजिक सञ्जाल यो फिल्म हेरेर भावुक भएका दर्शकको भिडियोले भरिएको छ । जसको परिणामा कोरोना महामारीमा फिल्म हलबाट टाढिएका दर्शकहरु अहिले परिवार लिएर यो फिल्म हेर्न गइरहेका छन् ।

सेलिब्रेटीको समर्थन

अभिनेत्री कंगना रनावत हरेक दिन ‘द कश्मीर फाइल्स’ को समर्थनमा इन्स्टाग्राम स्टोरीमा केही न केही सेयर गरिरहन्छिन् । अभिनेता आमिर खानले पनि दर्शकलाई यो फिल्म अनिवार्य हेर्न आग्रह गरेका छन् । फिल्मप्रति नकारात्मक धारणा बनाउनेहरू प्रति दर्शकहरू आक्रोशित छन् ।

यो पनि
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
दिनदिनै रेकर्ड बनाउँदै ‘द कश्मीर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested