English

रूस-युक्रेन द्वन्द्व एक महिना पूरा, सडकमा उत्रन जेलेन्स्कीको अपिल



रूसले युक्रेनमाथि आक्रमण गरेको आज एक महिना पूरा भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रन अपिल गरेका छन् । बीबीसीका अनुसार रूसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन् ।

निरन्तरको रूसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीबार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन् । आफ्नो दैनिक सम्बोधनका क्रममा थोरै समय अंग्रेजी भाषामा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर सडकमा आउन भनेका छन् ।

उनले भने, ‘तपाईं आफ्ना शहरका चोक तथा सडकमा आउनूस् । देखिनूस् र सुनिनूस् । मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस् । मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस् ।’

उनले युक्रेनमा रूसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए । रूसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए । रूसले आक्रमण गरेको एक महिना बितिसकेको र सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे ।

यो पनि…
रूसले अब कस्तो हतियार प्रयोग गर्न सक्छ ?

रूस–युक्रेन द्वन्द्वको असर : चाउचाउ पनि अभाव
विश्व इतिहासका यी घटना, जसलाई भुल्न सकिँदैन
रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested