English

आज बिहीबारको राशिफल हेर्नुहोस्



आज २०७८, चैत महिनाको १० गते बिहीबार । तद्नुसार मार्च महिनाको २४ तारिक २०२२ । फागुनकृष्णपक्ष सप्तमी तिथि, ज्येष्ठा नक्षत्र, सिद्धि योग, विष्टि करण र चन्द्रमा वृश्चिक राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः०६ मा भएको छ भने सूर्यास्त १८ः२६ मा हुनेछ । विहान ११ः४६ देखि १२ः३४ सम्म अभिजित मुहूर्त रहेको । मध्यान्हपछि १ः४२ देखि ३ः१४ सम्मको समय राहुकाल रहेको छ ।

राहुकाल भएको समयमा कुनै पनि शुभकार्य नगर्नु भनिएको छ । आजको देवता गणेश ग्रहदेव मंगल रहेको छ । बिहीबारको दिन अध्ययन, लेखन र शिक्षा र सेवा सम्बन्धी काम गर्न सकिन्छ । शिवालय र देवालयको यात्राका लागि पनि बिहीबारको दिन उपयुक्त मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवामूलक कामबाट तपाईंलाई आजको दिन सम्मान मिल्नेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा हर्ष छाउने छ । विहान सूर्योदयको दर्शन गर्नाले मनमा उर्जा थपिने छ ।  नयाँ कामको शुरुवात हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । आज मौन रहन उत्तम हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ खबरले तपाईंको मनमा खुसियाली छाउने छ । परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो काम र स्वास्थ्यमा ध्यान दिनु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातको लागि आजको दिन तपाईंको सोचअनुसार नैं काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन गर्नुभयो भने उर्जा थपिने छ । कुनै नयाँ कामको लागि तपाईंलाई प्रस्ताव आउन सक्छ । आफ्नो कामलाई जिम्मेवारपूर्ण ढंगले गर्नुभयो भने तपाईको मनमा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । आजको दिन अध्यात्म कार्यको लागि समय दिनुहोला । भजन र कीर्तन श्रवण गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आजको दिन परिवारका सदस्य र कन्यालाई भोजन गराउनु होला ।  

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । आर्थिक लाभ हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यतापूर्वक काम गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । कुनै पनि शुभकार्य गर्दा सफलता मिल्नेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईंको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको सम्झना र ध्यान गर्नुहोला । ध्यान, साधना र मौनको आवश्यकता देखिन्छ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईं गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ अध्ययन, चिन्तन र सिर्जनात्मक काममा समय खर्च गर्नुहोला । आज कुनै नयाँ पुस्तक अध्यननको शुरुवात गर्दा उत्तम हुनेछ ।  

यो पनि…
कोही रिसाए के गर्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested