English

आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतबाट नेपालमा ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको सुरुवाती आठ महिनामा ८० अर्ब ६१ करोड ९० लाख ८८ हजार रुपैयाँ बढीको जिडेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको छ ।

अघिल्लो वर्ष जति रकमको डिजेट, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो यस वर्षको सोही अवधिमा जिडेल मात्र उक्त रकम बराबरको नेपाल भित्रिएको देखिन्छ ।

चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालमा सबैभन्दा बढी डिजेल भित्रिएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको छ ।

सोही समयमा भारतबाट ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्ष सुरु भएपछि फागुन मसान्तसम्म नेपालले भारतबाट ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरी ल्याएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जति रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालमा भित्रिएको थियो त्योभन्दा बढी रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपाल भित्रिसकेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष एक खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको थियो ।

यो पनि…
फेरि बढेर आयो तेल, पेट्रोल र ग्यासको मूल्य
यसकारण आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested