English

वैज्ञानिकले बनाए यौन पासो, एकै दिनमा हजारौँ अरिंगाल जालमा !



वैज्ञानिकहरुले खतरनाक ठूलो सिकारी अरिंगाल अर्थात् जाएन्ट हर्नेटलाई समेत जालमा फसाउन सक्ने यौन पासो तयार पारेका छन् । करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अध्ययन अनुसार यौन जालको प्रयोग गरी ठूलो अरिंगाललाई पक्रिन सकिन्छ ।

एसियाबाट मिचाहा प्रजातिको रुपमा अमेरिका पुगेको भेस्पा मन्डारिनिया प्रजातिको यो ठूलो अरिंगालले त्यहाँको मौरीपालन व्यवसायमा ठूलो क्षति पुराउन थालेपछि वैज्ञानिकहरुले यौन गन्ध (सेक्स फेरोमोन) रसायनको प्रयोग गरी जालको एक श्रृंखला तयार गरे । वैज्ञानिकका अनुसार फेरोमोन यस्तो रसायन हो जुन कुनैपनि जीवको सरीरमा उत्पन्न हुन्छ र सूचना दिने काम गर्दछ ।

भाले अरिंगाल चाहीँ पोथी अरिंगालको यौन गन्धप्रति आकर्षित हुन्छ त्यसैले शोधकर्ताहरूले पोथी अरिंगालको प्राकृतिक सेक्स फेरोमोन निकालेर त्यसमा कृत्रिम फेरोमोन समेत मिश्रण गरी यौन जाल तयार पारे ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका जिव वैज्ञानिकहरुले चीनको युनान प्रान्तस्थित अरिंगालको गोला भएको ठाउँ नजिकै उक्त यौनजालोको परीक्षण गरे । त्यसक्रममा सामान्य जालको तुलनामा उक्त यौनजालमा १६ गुणा बढी अरिंगाल फसेको पाइयो । एक दिनमै उक्त यौनजालमा हजारौँ अरिंगाल फसेका थिए ।

अमेरिकाको नेभादा विश्वविद्यालयका जिवविज्ञान विभागका प्राध्यापक एलन गिब्सले भने यो यौनजालले कम समयमा ठूलो संख्यामा हानिकारक अरिंगाललाई पक्रिन सक्ने भएपनि यो आदर्श उपाय नहुन सक्दछ ।

पतझडमा अरिंगालले केवल केही महिनाका लागि मात्र सम्बन्ध बनाउने भएकाले यस्तो ट्रयापिङ विधि छोटो समयका लागि मात्र लागू गर्न सकिने उनको भनाइ छ ।

यो पनि
आइफोनसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन
युट्युब च्यानलका लागि छुट्टै निर्देशिका बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested