English

वैज्ञानिकले बनाए यौन पासो, एकै दिनमा हजारौँ अरिंगाल जालमा !



वैज्ञानिकहरुले खतरनाक ठूलो सिकारी अरिंगाल अर्थात् जाएन्ट हर्नेटलाई समेत जालमा फसाउन सक्ने यौन पासो तयार पारेका छन् । करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अध्ययन अनुसार यौन जालको प्रयोग गरी ठूलो अरिंगाललाई पक्रिन सकिन्छ ।

एसियाबाट मिचाहा प्रजातिको रुपमा अमेरिका पुगेको भेस्पा मन्डारिनिया प्रजातिको यो ठूलो अरिंगालले त्यहाँको मौरीपालन व्यवसायमा ठूलो क्षति पुराउन थालेपछि वैज्ञानिकहरुले यौन गन्ध (सेक्स फेरोमोन) रसायनको प्रयोग गरी जालको एक श्रृंखला तयार गरे । वैज्ञानिकका अनुसार फेरोमोन यस्तो रसायन हो जुन कुनैपनि जीवको सरीरमा उत्पन्न हुन्छ र सूचना दिने काम गर्दछ ।

भाले अरिंगाल चाहीँ पोथी अरिंगालको यौन गन्धप्रति आकर्षित हुन्छ त्यसैले शोधकर्ताहरूले पोथी अरिंगालको प्राकृतिक सेक्स फेरोमोन निकालेर त्यसमा कृत्रिम फेरोमोन समेत मिश्रण गरी यौन जाल तयार पारे ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका जिव वैज्ञानिकहरुले चीनको युनान प्रान्तस्थित अरिंगालको गोला भएको ठाउँ नजिकै उक्त यौनजालोको परीक्षण गरे । त्यसक्रममा सामान्य जालको तुलनामा उक्त यौनजालमा १६ गुणा बढी अरिंगाल फसेको पाइयो । एक दिनमै उक्त यौनजालमा हजारौँ अरिंगाल फसेका थिए ।

अमेरिकाको नेभादा विश्वविद्यालयका जिवविज्ञान विभागका प्राध्यापक एलन गिब्सले भने यो यौनजालले कम समयमा ठूलो संख्यामा हानिकारक अरिंगाललाई पक्रिन सक्ने भएपनि यो आदर्श उपाय नहुन सक्दछ ।

पतझडमा अरिंगालले केवल केही महिनाका लागि मात्र सम्बन्ध बनाउने भएकाले यस्तो ट्रयापिङ विधि छोटो समयका लागि मात्र लागू गर्न सकिने उनको भनाइ छ ।

यो पनि
आइफोनसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन
युट्युब च्यानलका लागि छुट्टै निर्देशिका बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात

Latest










Popular
Suggested