English

यु–१८ महिला साफ : नेपालको लगातार तेस्रो हार



यु–१८ महिला साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसँग ५–१ अन्तरले पराजित भएको छ । भारतको जम्सेदपुरमा सम्पन्न खेलको १६औं मिनेटमा हेमाम सिल्की देवीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् ।

२३औं मिनेटमा लिन्डा कोमले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । यस्तै ३८ मिनेटमा कोमले नै गोल गर्दै भारतलाई तेस्रो अग्रता दिलाइन् ।

५६औं मिनेटमा भारतकी अनिता कुमारीले चौथो गोल गरिन् । खेलको ६२औं मिनेटमा कोमले ह्याट्रिक गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाएकी थिइन् । नेपालकी सन्दीपा भोलनले ७९औं मिनेटमा एक गोल फर्काएकी थिइन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७–० ले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल प्रतियोगितामा अंकविहिन छ ।

प्रतियोगितामा तीन खेलबाट नौ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ भने दुई खेलबाट तीन अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ ।

डबल राउन्ड रोविन लिग पद्दतीमा चलिरहेको च्याम्पियनसिपमा सर्वाधिक अंक जोड्नेले प्रतियोगिताको उपाधि जित्ने छ ।


यो पनि…
रियलको मैदानमा बार्सिलोनाको सानदार जित

सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा
पीएसजीको पोस्टमा मोनाकोको तीन गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested